"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सीपीपीसीसीको १४औँ राष्ट्रिय समितिको बैठक सम्पन्न

प्रकाशित मिति :  14 March, 2023 1:20 pm


एजेन्सी । देशको शीर्ष राजनीतिक सल्लाहकार निकाय चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी)को १४औँ राष्ट्रिय समितिको पहिलो स्थायी समिति बैठक दश वटा विशेष समिति गठन गर्ने निर्णयका साथ समाप्त भएको छ ।

बैठकले सीपीपीसीसी राष्ट्रिय समितिअन्तर्गत अर्थ, कृषि, कानुन, जातीय, धार्मिक, सामाजिक तथा वैदेशिक मामिलालगायत धेरै क्षेत्र समेट्न ती समिति गठनको निर्णय गरेको हो । स्थायी समिति बैठकले विशेष समितिका सञ्चालक एवम् उपनिर्देशकको नामावली पनि अनुमोदन गरेको छ ।

बैठकको अध्यक्षता चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समतिको राजनीतिक ब्युरोको स्थायी समितिका सदस्य तथा सीपीपीसीसी राष्ट्रिय समतिका अध्यक्ष वाङ हुनिङले गर्नुभएको थियो ।

अध्यक्ष वाङले विशेष सल्लाहकार निकायको रूपमा आफ्नो भूमिका अझ सशक्त हुने जानकारी दिँदै सीपीपीसीसी राष्ट्रिय समितिको स्थायी समितिका सदस्यहरूलाई राजनीतिक परामर्शका गतिविधिहरू सावधानीपूर्वक व्यवस्थापन गर्न आग्रह गर्नुभयो । स्थायी समितिको बैठक गत आइबारदेखि प्रारम्भ भएको थियो ।

  • रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन