"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जातीय छुवाछुतलाई सामाजिक रूपमै अन्त्य गरौँ : ओली

प्रकाशित मिति :  21 March, 2023 12:43 pm


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, र‌ंगभेद तथा छुवाछुतको अमानवीय प्रथालाई समाजिक रूपमा अन्त्य गर्नका लागि सबैले आ-आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गरेका छन्।

आज (मंगलबार) ५८औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले जातीय छुवाछूत तोड्न समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक रहेको बताए। उनले पार्टीले मानवअधिकार र सामाजिक न्यायलाई आफ्नो सैद्धान्तिक निष्ठाका रूपमा आत्मसात् गरेको समेत बताए।

संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। सो महासन्धिलाई सन् १९७१ मा मात्रै नेपालले अनुमोदन गरेको थियो। यो दिवस भने सन् १९६६ देखि प्रत्येक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी