"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जातीय छुवाछुतलाई सामाजिक रूपमै अन्त्य गरौँ : ओली

प्रकाशित मिति :  21 March, 2023 12:43 pm


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, र‌ंगभेद तथा छुवाछुतको अमानवीय प्रथालाई समाजिक रूपमा अन्त्य गर्नका लागि सबैले आ-आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गरेका छन्।

आज (मंगलबार) ५८औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले जातीय छुवाछूत तोड्न समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक रहेको बताए। उनले पार्टीले मानवअधिकार र सामाजिक न्यायलाई आफ्नो सैद्धान्तिक निष्ठाका रूपमा आत्मसात् गरेको समेत बताए।

संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। सो महासन्धिलाई सन् १९७१ मा मात्रै नेपालले अनुमोदन गरेको थियो। यो दिवस भने सन् १९६६ देखि प्रत्येक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी