"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राहुल गान्धीलाई मानहानि मुद्दामा २ वर्ष जेल सजाय, १० हजार धरौटीमा रिहा

प्रकाशित मिति :  23 March, 2023 3:31 pm


काठमाडौँ । भारतीय कांग्रेस नेता राहुल गान्धीलाई सुरतको एउटा अदालतले चार वर्ष पुरानो एउटा मुद्दामा २ वर्षको जेल सजाय सुनाएको छ । तुरुन्त उनलाई अदालतले धरौटीमा छाड्ने आदेश पनि सुनाएको छ । चार वर्ष पुरानो मानहानि मुद्दामा उनलाई अदालतले उक्त सजाय सुनाएको हो । 

अदालतले राहुललाई सजायको विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय दिएको छ । सन् २०१९ मा गान्दीले मोदी थरलाई लिएर एउटा टिप्पणी गरेका थिए । मुद्दाको सुनुवाइ भइरहेका बेला राहुल सुरत अदालतमा उपस्थितसमेत थिए । राहुलले कथित रूपमा एक बयानमा ‘किन सबै चोरका थर मोदी छ ?’ भनेको आरोप लागेको छ ।

राहुल गान्धीमाथि भारतीय दण्ड संहिताको धारा ४९९ र ५०० अन्तर्गत रहेर मुद्दा दायर गरिएको थियो । भारतीय दण्ड संहिताको धारा ४९९ मा आपराधिक मानहानिको कसुरमा अधिकतम २ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी प्रावधान छ ।

सन् २०१९ को लोकसभा चुनावको प्रचारप्रसारका क्रममा कर्नाटकको कोलारमा उक्त विवादास्पद भनिएको बयान दिएको आरोप छ । हिन्दुस्तान टाइम्सका अनुसार राहुल गान्धीलाई १० हजार रुपैयाँमा धरौटीमा छाडिएको हो ।

अदालतको आदेशलगत्तै राहुल गान्धीले महात्मा गान्धीको भनाइ फेसबुकमा सेयर गरेका छन्, ‘मेरो धर्म सत्य र अहिंसामा आधारित छ । सत्य मेरो भगवान हो, अहिंसा त्यसलाई प्राप्त गर्ने साधन ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन