"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राहुल गान्धीलाई मानहानि मुद्दामा २ वर्ष जेल सजाय, १० हजार धरौटीमा रिहा

प्रकाशित मिति :  23 March, 2023 3:31 pm


काठमाडौँ । भारतीय कांग्रेस नेता राहुल गान्धीलाई सुरतको एउटा अदालतले चार वर्ष पुरानो एउटा मुद्दामा २ वर्षको जेल सजाय सुनाएको छ । तुरुन्त उनलाई अदालतले धरौटीमा छाड्ने आदेश पनि सुनाएको छ । चार वर्ष पुरानो मानहानि मुद्दामा उनलाई अदालतले उक्त सजाय सुनाएको हो । 

अदालतले राहुललाई सजायको विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय दिएको छ । सन् २०१९ मा गान्दीले मोदी थरलाई लिएर एउटा टिप्पणी गरेका थिए । मुद्दाको सुनुवाइ भइरहेका बेला राहुल सुरत अदालतमा उपस्थितसमेत थिए । राहुलले कथित रूपमा एक बयानमा ‘किन सबै चोरका थर मोदी छ ?’ भनेको आरोप लागेको छ ।

राहुल गान्धीमाथि भारतीय दण्ड संहिताको धारा ४९९ र ५०० अन्तर्गत रहेर मुद्दा दायर गरिएको थियो । भारतीय दण्ड संहिताको धारा ४९९ मा आपराधिक मानहानिको कसुरमा अधिकतम २ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी प्रावधान छ ।

सन् २०१९ को लोकसभा चुनावको प्रचारप्रसारका क्रममा कर्नाटकको कोलारमा उक्त विवादास्पद भनिएको बयान दिएको आरोप छ । हिन्दुस्तान टाइम्सका अनुसार राहुल गान्धीलाई १० हजार रुपैयाँमा धरौटीमा छाडिएको हो ।

अदालतको आदेशलगत्तै राहुल गान्धीले महात्मा गान्धीको भनाइ फेसबुकमा सेयर गरेका छन्, ‘मेरो धर्म सत्य र अहिंसामा आधारित छ । सत्य मेरो भगवान हो, अहिंसा त्यसलाई प्राप्त गर्ने साधन ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

एजेन्सी – यस वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जितेका छन्। शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ

ऐजेन्सी – थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा

काठमाडौं – भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा