"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीको भारत भ्रमण वैशाखमा हुने तयारी

प्रकाशित मिति :  24 March, 2023 5:45 pm


काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण वैशाखमा हुने बताएकी छन्। उनले वैशाख दोस्रो साताभित्रै प्रधानमन्त्रीको भारत भ्रमण हुने बताइन्।

‘प्रधानमन्त्रीको विदेश भ्रमण भारतबाट सुरू हुन्छ, प्रधानमन्त्रीको भारत भ्रमण वैशाखमा हुन्छ भनेर मैले जानकारी दिइसकेको छु,’ नयाँ दिल्लीमा बिहीबार आयोजित एक कार्यक्रमपछि नेपाली दूतावासमा पत्रकारहरूसँग उनले भनिन्।

साथै उनले इन्टरनेशनल टेलिकम युनियनको क्षेत्रीय कार्यालय उद्घाटनका क्रममा प्राविधिक विषयबस्तुमा छलफल गरिएको बताइन्। भारत सरकारसँग भएका छलफलमा आफूले सुनौली नाकाबाहेकका अन्य नाका पनि सहज हुने गरी सञ्चालनमा आउनुपर्ने बताएको उनले जानकारी दिइन्।

उनले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र नेपालीहरूले सिमकार्ड निकाल्दा सहजता दिन पनि भारत सरकारसँग आग्रह गरेको बताइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का नेता एवं भारतीय गृहमन्त्री अमित शाहबीच