"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले सचेतक महेश बर्तौलाले नियमापत्ति गरेपछि पूर्णबहादुर खड्काले मागे माफी

प्रकाशित मिति :  26 March, 2023 6:03 pm


काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले आजको प्रतिनिधि सभा बैठकमा नियमापत्ति जनाएपछि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माफी मागेका छन्।

सांसद बर्तौलाले प्रतिनिधि सभा नियमावली २० को ६ बमोजिम सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति छैन भन्ने विषय राखेका थिए।

बर्तौलाले यस्तो कार्य पटक-पटक सत्ता पक्षका सांसदहरूबाट भइरहेको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए।

लगत्तै सभामुख घिमिरेले सांसदहरूलाई बर्तौलाले उठाएका कुरालाई उचित ध्यान पुर्‍याउन भनेका थिए।

त्यसपछि कांग्रेस सांसद खड्काले बोले। ‘अन्देखाका कारण मान्यज्यूले उल्लेख गर्नुभएअनुसार मैले नियमावलीको उक्त दफालाई उल्लङ्घन गरेँ, त्यसका लागि म क्षमा माग्न चाहन्छु।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी