"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषद् विस्तार बारे सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

प्रकाशित मिति :  26 March, 2023 6:54 pm


काठमाडौं । सत्ता गठबन्धनको बैठक आइतबार साँझ बस्ने भएको छ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले आइतबार साँझ बस्ने बैठकमा मुख्यतः मन्त्रिपरिषद् बाँडफाँडको सम्बन्धमा छलफल हुने जानकारी दिए ।

महासचिव गुरुङले भने, “यो नेताहरुबीच छलफल गरेर टुङ्ग्याउने कुरा भयो ।” सत्ता गठबन्धनमा सहभागी दलले मन्त्रालयमा आ–आफ्नै दाबी गरेको सन्दर्भमा उनले भने, “माग त भइरहन्छ तर, मिटिङ पोइन्ट खोज्ने अर्को कुरा भयो ।”

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले साँझको गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँड, बारा– २ को उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताए ।

नेता झाले भने, “उपनिर्वाचनमा भाग लिने तयारी गरौँ भन्ने नै छ । जसअनुसार आज निर्वाचन आयोगमा दल दर्ता पनि गर्‍यौँ । दोस्रो कुरा, गठबन्धनभित्र छलफल चलाउने कुरा हो । आज पनि गठबन्धनको बैठक छ ।”

माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले आउँदो सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रसहित, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः