"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषद् विस्तार बारे सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

प्रकाशित मिति :  26 March, 2023 6:54 pm


काठमाडौं । सत्ता गठबन्धनको बैठक आइतबार साँझ बस्ने भएको छ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले आइतबार साँझ बस्ने बैठकमा मुख्यतः मन्त्रिपरिषद् बाँडफाँडको सम्बन्धमा छलफल हुने जानकारी दिए ।

महासचिव गुरुङले भने, “यो नेताहरुबीच छलफल गरेर टुङ्ग्याउने कुरा भयो ।” सत्ता गठबन्धनमा सहभागी दलले मन्त्रालयमा आ–आफ्नै दाबी गरेको सन्दर्भमा उनले भने, “माग त भइरहन्छ तर, मिटिङ पोइन्ट खोज्ने अर्को कुरा भयो ।”

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले साँझको गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँड, बारा– २ को उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताए ।

नेता झाले भने, “उपनिर्वाचनमा भाग लिने तयारी गरौँ भन्ने नै छ । जसअनुसार आज निर्वाचन आयोगमा दल दर्ता पनि गर्‍यौँ । दोस्रो कुरा, गठबन्धनभित्र छलफल चलाउने कुरा हो । आज पनि गठबन्धनको बैठक छ ।”

माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले आउँदो सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रसहित, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता