"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्री टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

प्रकाशित मिति :  27 March, 2023 12:48 pm


काठमाडौं । सरकारमा सहभागी हुने तयारीमा रहेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक चैत १४ गते बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

बैठकमा सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । सरकारमा मन्त्रीको रुपमा सहभागी हुने नेताहरुको नाम कांग्रेसले लगभग टुंगो लगाइसकेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यसलाई औपचारिकता दिने बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बैठकमा विपक्षी दलका

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई