"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मेरो नेतृत्वको वर्तमान सरकार पाँचै वर्षसम्म जान्छ : प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  29 March, 2023 2:47 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको वर्तमान सरकार पाँचै वर्षसम्म जाने बताएका छन्।  बुधबारदेखि काठमाडौंमा सुरू भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचन सम्पन्न भएदेखि अहिलेसम्म सरकार परिवर्तन नभएको र आगामी पाँच वर्षसम्म पनि आफू नेतृत्वकै सरकारले निरन्तरता पाउने विश्वास रहेको बताएका हुन्। 

सम्मेलनमा काठमाडौं महानगरप्रमुख बालेन साहले सरकारको निश्चितता र स्थिरताबारे शंका रहेको बताएका थिए।‘स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन गर्‍याै‌ं। त्यसपछि सरकार निरन्तर एउटै छ । मेरै नेतृत्वमा सरकार छ । मलाई विश्वास छ, यो सरकार पाँचै वर्षसम्म जान्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।  

प्रधानमन्त्री प्रचण्डले सरकारको स्थिरताबारे ढुक्क रहन आग्रह गरे। सत्तारूढ गठबन्धन दलहरूबीच प्रचण्ड साढे २ वर्ष प्रधानमन्त्री हुने, त्यसपछि एक वर्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने र अन्तिममा साढे १ वर्षका लागि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको बताइन्छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा