"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोगमा मुद्दा

प्रकाशित मिति :  31 March, 2023 4:34 pm


काठमाडौँ । संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित अदालतमा आपराधिक अभियोग दर्ता भएको छ । राष्ट्रपति भएपछि अमेरिकाको कुनै पनि अदालतमा आपराधिक अभियोग दर्ता भएका उनी पहिलो पूर्वराष्ट्रपति हुन् ।

हालसम्म उनीविरुद्ध कतिवटा अभियोग लगाइएको छ भन्ने स्पष्ट नभए पनि २०१६ मा राष्ट्रपतिको निर्वाचन ताका पूर्वपोर्नस्टार स्ट्रोमी ड्यानियल्सलाई चुप लगाउन १ लाख ३० हजार अमेरिकी डलर दिएको मुख्य अभियोगमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।

उनले ड्यानियल्सलाई दिएको रकमलाई कानुनी रूपमा स्पष्ट नखुलाई व्यापारिक प्रयोजनका लागि भनेर उल्लेख गरेको र उक्त कार्य न्युयोर्क राज्यको कानुन अनुसार गैरकानुनी रहेको पाइएपछि उनीविरुद्ध अदालतमा अभियोजन दर्ता भएको हो ।

ट्रम्प आगामी मंगलबार अदालतमा हाजिर भएर आफ्नो प्रतिरक्षा गर्ने अपेक्षा गरिएको छ । उनले आफूविरुद्ध लगाइएको आरोप गलत र राजनीतिप्रेरित रहेको प्रतिक्रिया दिएका छन् । उनले आफू अमेरिकी नागरिकको पक्षमा लगातार उभिएकाले गलत आरोप लगाएर दु:ख दिन खोजेको बताएका छन् ।

अमेरिकी संचार माध्यमहरुका अनुसार ट्रम्पविरुद्ध व्यापारिक धोकाधडीका करिब दुई दर्जन अभियोग लगाइएका छन् । तर, सो कुरा कतैबाट पनि स्वतन्त्र रुपमा पुष्टि भने भइसकेको छैन । पूर्वराष्ट्रपतिको समर्थनमा रहेका रिपब्लिकन नेताहरुले यसलाई ‘राजनीतिक घटना’का रुपमा प्रतिरक्षा गरिरहेका छन् भने डेमेक्र्याटहरुले भने कोही पनि कानुनभन्दा माथि नभएको प्रतिक्रिया दिएका छन् ।

२०१६ मा ट्रम्पले पूर्वपोर्नस्टार ड्यानियल्सले आफ्नो ट्रम्पसँग सम्बन्ध रहेको बताएपछि राष्ट्रपति निर्वाचनको तयारीमा रहेका ट्रम्पले आफ्नो वकिल माइकल कोहेनमार्फत १ लाख ३० हजार डलर दिएका थिए । पछि कोहेनलाई उनको कानुनी सेवाका लागि भनेर उल्लेख गर्दै सो रकम फिर्ता गरेका थिए । न्युयोर्क राज्यमा खर्चको विवरण गलत तवरमा उल्लेख गर्नु कानुनी अपराध हो । सोही कानुनका आधारमा उनीविरुद्ध अदालतमा अभियोजन दर्ता भएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले

काठमाडौँ- ब‌गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले नेपालमा हुन गइरहेको संसदीय निर्वाचन सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। सपथग्रहण कार्यक्रममा सहभागी हुन

काठमाडौँ — आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ।

काठमाडौँ — महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ । बारामतीमा उनी सवार विमान दुर्घटनामा परेको छ