"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीसँग मिटरब्याजपीडितले पेस गरे छ बुँदे माग

प्रकाशित मिति :  1 April, 2023 11:42 am


काठमाडौँ । मिटरब्याज पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आफूहरूको माग राखेका छन्। शनिबार बिहान बालुवाटार पुगेर मिटरब्याज पीडितहरूले प्रधानमन्त्री प्रचण्डसमक्ष ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन्। पीडितहरूले पटकपटक काठमाडौँ आउँदै सरकारी वार्ता टोलीसँग सहमति गरिएको भएपनि कार्यान्वयन नभएको बताए। यसपालि प्रधानमन्त्रीकै मुखबाट पीडितको समस्या समाधानको प्रतिबद्धता सुन्न चाहेको पीडितहरूले बताएका थिए।

उनीहरूले मिटरब्याजको शक्तिशाली आयोग गठन गर्नुपर्ने र उक्त आयोगलाई कार्यकारी अधिकार दिनुपर्ने माग राखेका छन्। आयोगलाई मिटरब्याज वा तमसुकको आधारमा अदालतमा चलेका चलाइएका मुद्दाहरू समेत फर्छ्यौट गर्ने अधिकार प्रदान गरिनुपर्ने पीडितको माग छ। त्यस्तै मिटरब्याजलाई आर्थिक अपराधको रूपमा कानुनी दायराभित्र ल्याउनका लागि गरिने कानुन संशोधनको ड्राफ्ट वार्ता समितिमा पेस हुनुपर्ने माग राखेका छन्।

तमसुकका आधारमा चलाइएका मुद्दाहरू स्थगन गर्न, जारी पक्राउ पुर्जी स्थगन गर्न, जेल चलान गरिएका मुद्दाहरुमा समेृत सम्बन्धित निकायसँग समन्वय गरी पीडितलाई न्याय दिलाउन महान्यायाधिवक्ताको कार्यालयबाट कार्यान्वयनका लागि सहमति पत्र पेस गर्न प्रधानमन्त्रीसमक्ष माग राखेका छन्। पीडितहरूलाई राज्यले क्षतिपूर्ति प्रदान गर्ने आधारहरु प्रस्तुत गर्नुपर्ने पनि उनीहरूको माग छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः