"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस बदल्न कांग्रेसभित्रै बसेर संघर्ष बाहेकको विकल्प छैन : महामन्त्री गगन थापा

प्रकाशित मिति :  3 April, 2023 4:44 pm


तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस बदल्न कांग्रेसभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका छन् । उनले हालै कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर तनहुँ १ मा उम्मेदवार बनेका स्वर्णिम वाग्लेलाई कांग्रेसलाई लात हानेर, कांग्रेसको झ्यालमा ढुंगा हानेर कांग्रेस बदलिन्छ भनेर प्रश्न गरेका छन् ।

तनहुँ १ मा उपनिर्वाचनमा कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गरेपछि आयोजित कार्यक्रममा उनले कांग्रेसभित्र बदल्नुपर्ने कुरा यहीँ बसेर बदल्ने बताए । ‘नेपाली कांग्रेसभित्र जे भइरहेको छ ठीक भइरहेको छैन, नेपाली कांग्रेसभित्र धेरै कुरा बदल्नुपर्नेछ’ उनले प्रश्न गरे, ‘तर कांग्रेसलाई लात हानेर बाहिरबाट कांग्रेस खराब भनेर ढुंगा हानेर, झ्याल फुटाएर कांग्रेस बदलिन्छ ? कांग्रेस बदल्न त्यहीँभित्र बसेर लड्नुपर्छ, संघर्ष गर्नुपर्छ ।’

महामन्त्री थापाले अगाडि भने, ‘घुम्दै घुम्दै आएका टुरिस्ट उम्मेदवारलाई यहाँका जनताले भन्नुपर्छ कांग्रेस जो आयो त्यसले बजाउने चोकमा राखेको मादल होइन ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बैठकमा विपक्षी दलका

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई