"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राहुल गान्धीद्वारा माथिल्लो अदालतमा अपिल

प्रकाशित मिति :  3 April, 2023 6:24 pm


एजेन्सी । सुरतको एक अदालतबाट दोषी ठहर भएका कांग्रेस नेता राहुल गान्धीले उक्त फैसलाविरुद्ध माथिल्लो अदालतमा सोमबार अपिल गरेका छन् । गान्धीले सुरतकै सेसन कोर्टमा फैसलाविरुद्ध अपिल गरेका हुन् । फैसला नआएसम्मलाई अदालतले उनलाई धरौटीमा रहने छुट दिएको छ । सुरतको तल्लो अदालतका मुख्य न्यायिक मजिस्ट्रेटले २३ मार्चमा एक मानहानी मुद्दामा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो ।

अदालतको उक्त आदेशलगत्तै राहुलको सांसद पद गुमेको थियो । फैसला सुनाएको उक्त अदालत नगर तहको हो । गान्धीले त्यसविरुद्ध जिल्ला तहको सेसन कोर्टमा पुनरावेदन गरेका हुन् । गान्धीको अपिलमाथि अदालतले अगाामी १३ अप्रिलमा सुनुवाई गर्ने छ ।

गान्धी अदालत पुग्दै गर्दा ठूलो संख्यामा कांग्रेस नेता तथा कार्यकर्ता अदालतबाहिर थिए । प्रियंका गान्धी पनि दिल्लीबाट उनको साथमा पुगेकी थिइन् । २०१९ को एक चुनावीसभामा ‘यी सबै चोरको थर मोदी किन ?’ भन्ने दिएको भाषणलाई लिएर गान्धीविरुद्ध मानहानीको मुद्दा परेको थियो । अदालतले उनलाई दोषी ठहर गर्दै २ वर्षको जेल सजाएसँगै ३० दिनका लागि धरौटीमा रिहा तथा त्यस अवधिमा माथिल्लो अदालतमा अपील गर्ने समय दिएको थियो ।

गान्धीको विपक्षमा आएको अदालतको फैसला त्यसलगत्तै लोकसभाले उनको सदस्यता रद्द गरेपछि भारतमा विपक्षी राजनीति तातिएको छ । विपक्षी दल भाजपा तथा नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध एकजुट हुने प्रयासमा देखिएका छन् । चार वर्ष अगाडिको गान्धीको यही अभिव्यक्तिविरुद्ध पटनामा पनि मानहानीको मुद्दा चल्दैछ । अर्को साता त्यसको सुनुवाइ पनि पटनामा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

एजेन्सी – यस वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जितेका छन्। शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ

ऐजेन्सी – थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा

काठमाडौं – भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा