"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राहुल गान्धीद्वारा माथिल्लो अदालतमा अपिल

प्रकाशित मिति :  3 April, 2023 6:24 pm


एजेन्सी । सुरतको एक अदालतबाट दोषी ठहर भएका कांग्रेस नेता राहुल गान्धीले उक्त फैसलाविरुद्ध माथिल्लो अदालतमा सोमबार अपिल गरेका छन् । गान्धीले सुरतकै सेसन कोर्टमा फैसलाविरुद्ध अपिल गरेका हुन् । फैसला नआएसम्मलाई अदालतले उनलाई धरौटीमा रहने छुट दिएको छ । सुरतको तल्लो अदालतका मुख्य न्यायिक मजिस्ट्रेटले २३ मार्चमा एक मानहानी मुद्दामा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो ।

अदालतको उक्त आदेशलगत्तै राहुलको सांसद पद गुमेको थियो । फैसला सुनाएको उक्त अदालत नगर तहको हो । गान्धीले त्यसविरुद्ध जिल्ला तहको सेसन कोर्टमा पुनरावेदन गरेका हुन् । गान्धीको अपिलमाथि अदालतले अगाामी १३ अप्रिलमा सुनुवाई गर्ने छ ।

गान्धी अदालत पुग्दै गर्दा ठूलो संख्यामा कांग्रेस नेता तथा कार्यकर्ता अदालतबाहिर थिए । प्रियंका गान्धी पनि दिल्लीबाट उनको साथमा पुगेकी थिइन् । २०१९ को एक चुनावीसभामा ‘यी सबै चोरको थर मोदी किन ?’ भन्ने दिएको भाषणलाई लिएर गान्धीविरुद्ध मानहानीको मुद्दा परेको थियो । अदालतले उनलाई दोषी ठहर गर्दै २ वर्षको जेल सजाएसँगै ३० दिनका लागि धरौटीमा रिहा तथा त्यस अवधिमा माथिल्लो अदालतमा अपील गर्ने समय दिएको थियो ।

गान्धीको विपक्षमा आएको अदालतको फैसला त्यसलगत्तै लोकसभाले उनको सदस्यता रद्द गरेपछि भारतमा विपक्षी राजनीति तातिएको छ । विपक्षी दल भाजपा तथा नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध एकजुट हुने प्रयासमा देखिएका छन् । चार वर्ष अगाडिको गान्धीको यही अभिव्यक्तिविरुद्ध पटनामा पनि मानहानीको मुद्दा चल्दैछ । अर्को साता त्यसको सुनुवाइ पनि पटनामा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन