"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राहदानी दुरुपयोगमा रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाई हुदै

प्रकाशित मिति :  4 April, 2023 12:31 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा आज पेसी तोकिएको छ।

यसअघि नागरिकताको विषयमा प्रश्न उठाउँदै मुद्दा हालेका सिन्धुलीका युवराज पौडेल ‘सफल’ले नै राहदानीको विषयमा पनि रिट दायर गरेका हुन्। आइतबार दायर रिट सोमबार दर्ता भएको थियो।

चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो। त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए।

प्रहरीले छानबिनपश्चात् लामिछानेले राहदानी लिएको भए पनि त्यसको प्रयोग नगरेको भन्ने मुख्य आधार लिँदै मुद्दा दायर गर्नु नपर्ने राय दिएको थियो। सोही रायलाई महान्यायाधिवक्ता कार्यालयले सदर गरेको थियो।

पौडेलले दायर गरेको रिटमा रिटमा उत्प्रेषण, परमादेशलगायत जे–जो चाहिने उपयुक्त हुन्छ सोही आदेश जारी होस् भन्ने माग गरेका छन्। पौडेलले दायर गरेको रिटमा मुद्दा नचलाउने निर्णय गरेको भन्दै महान्यायाधिवक्ताको कार्यालयलाई पनि विपक्षी बनाइएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बैठकमा विपक्षी दलका

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई