"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन पाँच दलको अपिल

प्रकाशित मिति :  4 April, 2023 6:35 pm


काठमाडौँ । सत्ता गठबन्धनका ५ दलले आफ्ना उम्मेदवारलाई जिताउन अपिल गरेका छन्।  मंगलबार पाँच दलले विज्ञप्ति जारी गर्दै उपनिर्वाचनमा उठेका आफ्ना उम्मेदवारहरूलाई जिताउन अपिल गरेका हुन्। 

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संयुक्त अपिल गरेका हुन्।

वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ।  तनहुँ क्षेत्र नम्‍बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर ३मा उपनिर्वाचन हुन लागेको हो। कांग्रेसले तनहुँमा गोविन्द भट्टराई र चितवनमा जितनारायण श्रेष्ठलाई उम्मेदवार उठाएको छ। जसपाका अध्यक्ष यादवले बारामा उम्मेदवारी दिएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन