"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन पाँच दलको अपिल

प्रकाशित मिति :  4 April, 2023 6:35 pm


काठमाडौँ । सत्ता गठबन्धनका ५ दलले आफ्ना उम्मेदवारलाई जिताउन अपिल गरेका छन्।  मंगलबार पाँच दलले विज्ञप्ति जारी गर्दै उपनिर्वाचनमा उठेका आफ्ना उम्मेदवारहरूलाई जिताउन अपिल गरेका हुन्। 

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संयुक्त अपिल गरेका हुन्।

वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ।  तनहुँ क्षेत्र नम्‍बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर ३मा उपनिर्वाचन हुन लागेको हो। कांग्रेसले तनहुँमा गोविन्द भट्टराई र चितवनमा जितनारायण श्रेष्ठलाई उम्मेदवार उठाएको छ। जसपाका अध्यक्ष यादवले बारामा उम्मेदवारी दिएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बैठकमा विपक्षी दलका

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई