"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषदले एक-दुई दिनमा पूर्णता पाएपछि विकासले गति लिन्छ : प्रधानमन्त्री

प्रकाशित मिति :  5 April, 2023 12:56 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदले एक-दुई दिनमा पूर्णता पाउने बताएका छन्। आज काठमाडौंमा भएको सहकारीकर्मीको भेलामा बोल्दै उनले केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने बताए।

नेपाली कांग्रेस, जसपा र जनमत पार्टीले मन्त्रालयमा मन्त्री पठाउन ढिला गर्दा मन्त्रिपरिषदले पूर्णता पाएको छैन। प्रधानमन्त्री दाहालले ६ मन्त्रालय अझै आफैंसँग राखेका छन्। प्रधानमन्त्रीले चैत १७ मा मन्त्रिपरिषद बिस्तार गरे पनि पूर्णता पाएको छैन।

‘सरकारले करिब-करिब पूर्णता पाएको छ। आजभोलि शतप्रतिशत नै पूर्णता पाउँछ,’ उनले भने, ‘अब हाम्रो ध्यान नीति तथा कार्यक्रम र बजेट बनाउनेमा छ।’ उनले आज सिंहदरबारमा नीति तथा कार्यक्रम र बजेटबारे छलफल राख्ने पनि बताए।

‘यो पटकको नीति कार्यक्रम र बजेट परम्पराभन्दा भिन्न बनाउने हो,’ उनले भने, ‘पहिले पनि अर्थमन्त्री जनार्दन शर्मालाई कृषिलाई जोड दिएर बजेट बनाउन सुझाव दिएको थिएँ। अहिले पनि हामी परिवर्तन र जनताले केही चिज आयो भन्ने महशुस हुने गरी आउँछ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बैठकमा विपक्षी दलका

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई