"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

खानपानमा ध्यान दिनु यस्ता हुन सक्छन् मिर्गौला समस्या

प्रकाशित मिति :  5 April, 2023 3:59 pm


काठमाडौँ । जन्मजातै मिर्गाैलामा रोग हुन सक्छ । त्यसबाहेक उमेरअनुसार फरक–फरक किसिमका रोग देखा पर्न सक्छ । त्यस्तै, ४० वर्ष नाघेपछि मधुमेह र उच्च रक्तचापले मिर्गाैला बिग्रन सक्छ । इन्फेक्सनले गर्दा, खानपानले गर्दा पनि मिर्गौलामा समस्या आउन सक्छ । मिर्गाैलामा समस्या देखिँदा शरीर सुन्निने, पिसाब रातो हुने, रगत देखा पर्ने हुन सक्छ । मिर्गाैला बिग्रिएपछि ट्रान्सप्लान्ट हुन्छ, कि त बारम्बार डायलाइसिस गर्नुपर्ने हुन्छ । मिर्गाैला मानिसको महत्वपूर्ण अंग भएकाले यसबारे विशेष ध्यान दिन आवश्यक छ । 

सम्भावित कारण
नुनको बढी प्रयोग, मदिरापान, चिल्लो, मसलेदार खाना, औषधिको जथाभावी प्रयोगले मिर्गाैलामा समस्या देखिन सक्छ । यस्तै, शरीर दुख्दा पनि जथाभावी पेनकिलरको प्रयोग गर्ने प्रचलन बढ्दो छ । जसका कारण पनि मिर्गौलामा समस्या देखिन्छ । दैनिक तनावपूर्ण जीवनशैली र व्यायाम नगर्दा पनि समस्या हुन सक्छ । मिर्गाैलाको पत्थरी, क्यान्सरलगायतका समस्याले मिर्गाैलामा समस्या हुने सम्भावना हुन्छ । धेरै बेर पिसाब रोक्ने बानीले पनि मिर्गाैलामा असर पुग्छ । 

लक्षण 
– मिर्गाैलामा रोग लागेमा शरीर बढी सुन्निन्छ । विशेषगरी, खुट्टा अत्यधिक सुन्निन्छ । 
– एक्कासि पेट दुख्ने, पिसाबमा रगत देखिने, पिसाबमा फिँज देखिने, आँखावरिपरि सुन्निने, मुख नै सुन्निने, खुट्टा सुन्निने र पछि शरीर पूरै सुन्निएर आउने । 
– मिर्गाैलाको दायाँ–बायाँ स्टोन रहँदा अत्यधिक दुख्ने । 
– खाना रुचि नहुने, बान्ता भइरहने, ओठमुख सुक्खा हुने ।

बच्ने उपाय
– रक्तचाप र मधुमेहलाई सन्तुलनमा राख्नुपर्छ । मिर्गाैला स्वस्थ राख्न रक्तचाप र मधुमेहको नियमित परीक्षण गरी सन्तुलनमा राख्ने । 
– ४० वर्ष नाघेपछि मधुमेह र उच्च रक्तचापले पीडित मानिसमा मिर्गाैला बिग्रने सम्भावना बढी हुन्छ । त्यसैले यस्तो मानिसले ६–६ महिनामा मिर्गाैला परीक्षण गर्न जरुरी हुन्छ । 
– पानीको कमीले गर्दा पनि मिर्गाैलामा समस्या देखिने सम्भावना हुन्छ । त्यसैले प्रशस्त मात्रामा पानी पिउने । 
– दैनिक करिब दुई लिटर पिसाब हुने गरी पानी तथा झोल पदार्थ पिउने ।
– उचाइबमोजिमको तौल कायम गर्ने ।
– फाइबरयुक्त खाना बढी र नुन कम सेवन गर्ने । फलफूलको प्रयोगलाई पनि बढाउन जरुरी हुन्छ । 
– भोक नलाग्ने, खुट्टा सुन्निएको छ, कोखा दुखिरहेको छ भने चिकित्सकसँग सम्पर्क गर्ने । चिकित्सकको सल्लाहअनुसार उपचार गर्ने । 
– मिर्गाैलामा संक्रमण भएमा डायलाइसिस गराउनुपर्छ । 
– खानपिनमा विशेष ख्याल गर्नुपर्छ । हाई प्रोटिनयुक्त खानाले मिर्गाैलामा लोड पर्छ, त्यसैले यस्ता खानेकुरा नखाने । 
– फ्राई खानेकुरा जस्तै– सेकुवा, तन्दुरीलगायतका खाना धेरै नखाने । 
– उमेरअनुसारको व्यायाम गर्ने । 
– दुखाइ कम गर्ने औषधि जथाभावी प्रयोग गर्नुहुँदैन । जथाभावी प्रयोग गर्ने आयुर्वेेदिक औषधिले पनि मिर्गाैलामा असर गरेको हुन्छ । त्यसकारण चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ ।
– धूम्रपान, मद्यपान नगर्ने । 
– मिर्गौलामा पत्थरीको समस्या छ भने पालुंगो, चम्सुरजस्ता सागको प्रयोग गर्नुहुँदैन । क्याल्सियमयुक्त खाना बढी प्रयोग गर्नुहुँदैन । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै उनले जेन-जी आन्दोलनका

काठमाडौँ — भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणा कार्यक्रममा बागमती

काठमाडौँ– सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार भएको वार्तामा मन्त्रालय र नर्सिङ

काठमाडौं –  मनसुन लागेसँगै डेङ्गु सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गु सङ्क्रमणको जोखिम कायम रहने समयका