"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राज्यकको खर्च कटौती राष्ट्रपति र प्रधानमन्त्रीले आफैँबाट सुरु गर्नुपर्छ : गगन थापा

प्रकाशित मिति :  5 April, 2023 4:26 pm


काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले अनावश्यक खर्चलाई कटौती गर्न राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या खटाउन आग्रह गरेका छन्।

बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा सम्बोधन गर्दै महामन्त्री थापाले देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउन आग्रह गरेका हुन्। 

उनले राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारी सबैले अत्यावश्यकबाहेक खर्च कटौती गर्नुपर्ने बताए। विकासको क्षेत्रमा हुने खर्च र पुँजीगत खर्चमा भने अझ सुधार गर्नुपर्ने उनको तर्क थियो। 

उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्न सक्नुपर्छ मैले मेरो सचिवालयको सदस्यबाट घटाएर सुरु गरेँ, राष्ट्रपतिले भन्न सक्नुपर्छ मलाई अहिले १२ जना, १५ जना सल्लाहकार राख्ने कानुनले सुविधा दिएको छ । तर, म पाँचजना मात्रै राख्छु । म तीनजना मात्र राख्छु । हेर्दा सामान्य कुरा देखिन्छ । अहिले हामी अप्ठ्याराे अवस्थामा छौँ । जब राष्ट्रपति, प्रधानमन्त्रीदेखि तलसम्म सबैले भन्न थाल्छ कि हामी अप्ठ्याराे परेका वेला हुनाले गर्दा अत्यावश्यकबाहेकको खर्चलाई हामी कटौती गर्दै छौँ । मितव्ययी हुँदै छौँ भनेर।’ 

उनले देशको आर्थिक संकट समाधान गर्न प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सँग पनि संवाद गर्नुपर्ने बताए। महामन्त्री थापाले प्रधानमन्त्री र मन्त्रीहरूलाई तीन महिनासम्म अनलाइन र टेलिभिजनमा अनुहार नदेखाई काम गरेर देखाउन आग्रहसमेत गरे। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बैठकमा विपक्षी दलका

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई