"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सांसदहरूले उठाएको विषयमा सरकारको जवाफदेहिता खै ?

प्रकाशित मिति :  २४ चैत्र २०७९, शुक्रबार १५:१०


काठमाडौं। नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकार सदनप्रति जिम्मेवार नभएको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधि सभामा बोल्दै पाण्डेले सरकारलाई विश्वासको मत दिएपछि १९ वटा बैठक भएको र ती बैठकमा सांसदहरूले उठाएको विषयमा सरकारले जवाफ नदिएको बताएका हुन्।   

‘सांसदहरुलाई नै थाहा भएन कि सरकारले सुनिरहेको छ कि छैन? जुन दिन रोष्ट्रमबाट उत्तर आउँछ त्यो दिनमात्रै सरकारले हाम्रो कुराहरु सुनेको रहेछ भन्ने थाहा हुने भयो,’ उनले भने।  सिंहदरबारमा संसद भवन हुँदा सभामुखका दायावाया कर्मचारी हुने र ती कर्मचारीले नै सांसदले उठाएका विषय नोट गर्ने र सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूलाई दिएपछि मन्त्रीले जवाफ दिने गरेको स्मरण समेत गरे। 

‘हामी संसदमा जनताका समस्या बोल्छौं तर सरकार मुकदर्शक भएर बस्यो भने आम जनताको बीचमा संसदप्रति कस्तो धारणा बन्ला ?,’ उनले भने। उनले हरेक दिन एकजना मन्त्रीले आएर संसदमा आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयको उठेको कुराहरुमा उत्तर दिने खालको परिस्थिती बनाउन सभामुखबाट रूलिङको मागसमेत गरे। 
   



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री

बाजुरा – राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित

जेनेभा / रासस- राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र भारतीय संसद लोकसभाका अध्यक्ष ओम बिरलाबिच शिष्टाचार भेटवार्ता भएको छ। अन्तर-व्यवस्थापिका

काठमाडौं – राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा. तुलिया अक्सन र महासचिव मार्टिन चुङगोङसँग भेटवार्ता गरेका