"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बेरुजुको वेथीति गत वर्षमात्रै स्थानीय तहमा करिब ६ अर्ब घोटाला

प्रकाशित मिति :  14 April, 2023 1:24 pm


काठमाडौँ । बेरुजुको वेथीति गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै स्थानीय तहबाट असुल गर्नुपर्ने रकम करिब ६ अर्ब रुपैयाँ रहेको छ।

महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदनले गत आर्थिक वर्ष मात्रै ५ अर्ब ९० करोड ५७ लाख रुपैयाँ स्थानीय तहबाट असुल गर्नुपर्ने बेरुजु औँल्याएको हो। असुल गर्नुपर्ने बेरुजु रकम कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयमार्फत असुल गर्नुपर्ने कानुनी व्यवस्था छ।

महालेखा परीक्षक कार्यालयले असुल गर्नुपर्ने बाहेक नियमित गर्नुपर्ने बेरुजु र पेस्की बेरुजुमा पनि वर्गीकरण गरेको छ। सोअनुसार स्थानीय तहले नियमित गर्नुपर्ने ३२ अर्ब ४६ करोड १२ लाख रुपैयाँ रहेको छ।

विभिन्न कागजात अपुग भएको अवस्थामा कागजात पुर्‍याउनेलगायत प्रक्रिया पूरा गरी उक्त रकम नियमित गर्न सकिन्छ। त्यस्तै स्थानीय तहमा पेस्की बेरुजुमा ४ अर्ब ५१ करोड ४० लाख रुपैयाँ रहेको छ।

सबै किसिमको बेरुजु गरेर गत आर्थिक वर्षमा मात्रै ४२ अर्ब ८८ करोड ९ लाख रुपैयाँ बेरुजुरु रहेको महालेखा परीक्षक कार्यालयको ६०औँ वार्षिक प्रतिवेदनको सारांशमा उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द