"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बेरुजुको वेथीति गत वर्षमात्रै स्थानीय तहमा करिब ६ अर्ब घोटाला

प्रकाशित मिति :  14 April, 2023 1:24 pm


काठमाडौँ । बेरुजुको वेथीति गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै स्थानीय तहबाट असुल गर्नुपर्ने रकम करिब ६ अर्ब रुपैयाँ रहेको छ।

महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदनले गत आर्थिक वर्ष मात्रै ५ अर्ब ९० करोड ५७ लाख रुपैयाँ स्थानीय तहबाट असुल गर्नुपर्ने बेरुजु औँल्याएको हो। असुल गर्नुपर्ने बेरुजु रकम कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयमार्फत असुल गर्नुपर्ने कानुनी व्यवस्था छ।

महालेखा परीक्षक कार्यालयले असुल गर्नुपर्ने बाहेक नियमित गर्नुपर्ने बेरुजु र पेस्की बेरुजुमा पनि वर्गीकरण गरेको छ। सोअनुसार स्थानीय तहले नियमित गर्नुपर्ने ३२ अर्ब ४६ करोड १२ लाख रुपैयाँ रहेको छ।

विभिन्न कागजात अपुग भएको अवस्थामा कागजात पुर्‍याउनेलगायत प्रक्रिया पूरा गरी उक्त रकम नियमित गर्न सकिन्छ। त्यस्तै स्थानीय तहमा पेस्की बेरुजुमा ४ अर्ब ५१ करोड ४० लाख रुपैयाँ रहेको छ।

सबै किसिमको बेरुजु गरेर गत आर्थिक वर्षमा मात्रै ४२ अर्ब ८८ करोड ९ लाख रुपैयाँ बेरुजुरु रहेको महालेखा परीक्षक कार्यालयको ६०औँ वार्षिक प्रतिवेदनको सारांशमा उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर