"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच भेट

प्रकाशित मिति :  18 April, 2023 6:50 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघकी उपमहासचिव अर्मिदा सलसिह अलिसझावनाबीच भेटवार्ता भएको छ।

एसिया तथा प्यासिफिक आर्थिक तथा सामाजिक आयोग (एस्क्याप) कार्यकारी सचिव समेत रहेकी अलिसझावनासँग मंगलबार भेटवार्ता गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री कार्यालयमा भएको भेटमा नेपाल र एस्क्यापबीच साझेदारीका विभिन्न विषयमा छलफल भएको थियो। अतिकम विकसित राष्ट्रको सूचीबाट नेपाल सन् २०२६ मा विकासिल राष्ट्रको सूचीमा स्तरोन्नति हुने प्रक्रियामा रहेको सन्दर्भमा पनि छलफल गरिएको सचिवालयले बताएको छ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का नेता एवं भारतीय गृहमन्त्री अमित शाहबीच