"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओली ‘राजनीतिक खेलाडी’ हुन् : अध्यक्ष तिमिल्सिना

प्रकाशित मिति :  18 April, 2023 6:54 pm


काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले अध्यक्ष केपी शर्मा ओली राजनीतिक खेलाडी बन्नुको रहस्य खोलेका छन्। उनले काठमाडौँमा मंगलबार सुरु भएको नेसनल चेस च्याम्पियनसिप २०२३ उद्घाटन गर्दै बुद्धिचाल (चेस) खेलकै कारण ओलीलाई राजनीतिमा सफलता मिलेको बताएका हुन्।

तिमिल्सिनाले ओली जेलमा रहँदादेखि खेलमा उत्कृष्ट रहेको भन्दै चेस खेलकै कारण राजनीतिक खेलाडी बनेको दाबी गरे। उनले भने, ‘हामी केपी ओलीसँग जेलमा थियौँ। चेसमा उहाँलाई कसैले हराउन सक्दैन थियो। उहाँ राजनीतिक खेलाडी त हुँदै हो। साँच्चिकै खेलाडी पनि हो।’ बुद्धिचालका कारण मानिसको दिमाग तेजिलो हुने बताए।

जेलमा हुने खेल क्यारिमबोर्ड र चेसमा ओलीलाई कसैले पनि हराउन नसक्ने जानकारी उनले दिए। उनले भने, ‘ओलीले राजनीतिमा जुन ढंगले अहिले भूमिका खेल्नुभएको छ, चेसले यो विकास गरेको हुनुपर्छ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल पनि चेस धेरै खेल्ने खेलाडी भएकाले जंगलदेखि संसद् र सरकारसम्म पुग्नुको कारण हुनसक्ने भनाइ तिमिल्सिनाको छ। उनले कांग्रेसका सभापति शेरबहादुर देउवाले धेरै चेस खेलेका कारण धेरैपटक प्रधानमन्त्री बनेको हुनसक्ने बताए।

तिमिल्सिनाले भने, ‘राजनीति गर्नेले पनि राम्रोसँग बुद्धिचाल खेल्यो भने धेरै कुरा जान्दछ।’

उनले नयाँ पार्टी र पार्टीका नेतृत्वप्रति कटाक्ष गरेका छन्। तिमिल्सिनाले राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टीका नेताहरूप्रति कटाक्ष गरेका हुन्।

तिमिल्सिनाले त्याग गरेका नेताहरुको तुलनामा भर्खरै राजनीतिमा आएका नेताहरूको चर्चा बढी भइरहेको भन्दै राजनीतिमा टिकेर देखाउन सक्नुपर्ने बताए। उनले भने, ‘अब गर्ने कुराको महत्त्व हुन्छ, हिजो हामीले के गरेका थियौँ, त्यो इतिहास हो। इतिहासलाई बचाउने र त्यसलाई जीवन्त दिने कुरामा वर्तमानमा पनि त्यत्तिकै राख्नुपर्छ।’ उनले त्याग गरेका भन्दा भर्खरै हार्ईंफाईं गर्नेहरु नै बढी चर्चामा आउने गरेको बताए। उनले भने, ‘कति टिक्नुहुन्छ, टिक्दा त राम्रो शुभकामना कति हुन्छ भविष्यले बताउँछ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बैठकमा विपक्षी दलका

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई