"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ठूलाठूला गफ हाँक्नेहरूलाई होईन, गोविन्द भट्टराईलाई जिताउनुस् मन्त्री बनाउँछु : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  19 April, 2023 7:25 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र बेथितीलाई रोक्नका लागि सरकारले कठोर कदम चालेको बताएका छन्। उनले मंगलबारको मन्त्रिपरिषद बैठकका निर्णय गहिरो भएको पनि बताए। मन्त्रिपरिषदको बैठकले राष्ट्रिय परिचय पत्रमा आबद्ध नागरिकका वैयक्तिक र जैविक विवरण रूजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णय खारेज गरेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछने गृहमन्त्री हुँदा फास्ट ट्र्याकबाट एड्भान्टेज इन्टरनेसनल प्रालिलाई राष्ट्रिय परिचयपत्रका विवरण रूजु गर्ने जिम्मा दिने निर्णय गरेका थिए। यो निर्णयप्रति लक्षित गर्दै बुधबार तनहुँको डुम्रेमा आयोजित चुनावी सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूले हेर्नुभयो भने भ्रष्टाचार  र बेथितीलाई रोक्नका लागि केही कठोर कदम चालिएको छ। म अहिले व्याख्या गर्दिनँ।

हिजोको मात्रै क्याबिनेटको निर्णय तपाईंहरूले हेर्नुहोला। कुरो गहिरो छ। कुरो धेरै गहिरो छ।’ उनले सुशासनका क्षेत्रमा पनि सरकारले काम गरिरहेको बताए।‘ठूला-ठूला गफ हाँक्नेहरूको असलीयत के हो भन्नेकुरा हामीले देखिराखेका छौं। सुशासनका क्षेत्रमा पनि प्रशासनमा सुधारका लागि सरकारले गम्भीर कदम चालेको छ,’ उनले भने।

बुधबार तनहुँको डुम्रेमा भएको सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले तनहुँ १ बाट भट्टराईलाई जिताएर पठाउन आग्रह गरेका थिए। ‘गोविन्द भट्टराईलाई मन्त्री बनाउने भनेर शेरबहादुर देउवाजीले भनिसक्नुभयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले म प्रधानमन्त्री छु, मन्त्री बनाउने मैले हो। शेरबहादुरजीले जिम्मा लिइसक्नुभयो म उहाँसँगै छु।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बैठकमा विपक्षी दलका

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई