"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभापति देउवाको प्रशंसा – मधेशको सच्चा नेता उपेन्द्र यादव नै हुन्

प्रकाशित मिति :  20 April, 2023 6:08 pm


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव नै मधेशको सच्चा नेता भएको भन्दै  प्रशंसा गरेका छन् । उनले यादवले मधेश अधिकारका लागि गठबन्धन र सरकारमा संघर्ष गर्ने गरेको सुनाए । बिहीबार बारामा भएको सत्ता गठबन्धनको आमसभालाई सम्बोधन गर्दै देउवाले यादवसँग एउटै मन्त्रीमण्डलमा बसेर काम गरेको र यादवले सधैँ मधेशको अधिकारका लागि आफूसँग झगडा गर्ने गरेको बताए ।

‘उपेन्द्र यादवजी मेरो क्याबिनेटमा पनि हुनुहुन्थ्यो । हामीले सँगै काम गरेका हौँ । उहाँ मधेशको अधिकारका लागि क्याबिनेटमा पनि मसँग धेरै पटक झगडा गर्नुभएको छ, मधेशका लागि लड्नुभएको छ, उहाँ नै मधेशको सच्चा नेता हो ।’

सभापति देउवाले बारा–२ का मतदाताले एकपटक उपेन्द्रलाई जिताएर जनताको सेवा गर्ने अवसर दिनुपर्ने बताए । ‘उहाँलाई एक पटक जिताएर पठाउनुस्, पाँच वर्ष उहाँको काम हेर्नुहोस्, चित्त नबुझेको अर्को चुनावबाट विकल्पमा सोच्दा हुन्छ,’ देउवाले भने ।

उनले लोकतन्त्रमा जनता नै देशको मालिक भएको बताए । ‘लोकतन्त्रमा जनता मालिक हो । नेताले जनताको सेवा गर्ने हो । जनताले जे निर्णय गर्छन्, नेताले त्यही मान्नुपर्छ,’ देउवाले अघि भने, ‘जनताले राम्रो काम गरे, फेरि जिताउँछन्, पुरस्कार दिएर पठाउँछन् । नत्र हटाइदिन्छन् ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बैठकमा विपक्षी दलका

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई