"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रचण्डलाई कारबाहीको माग गर्दै रास्वपाको आयोगमा उजुरी

प्रकाशित मिति :  20 April, 2023 7:34 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले उजुरी दिएको छ। गठबन्धनको उम्मेदवारको प्रचारप्रसारमा प्रधानमन्त्री हेलिकोप्टरमार्फत गएर उम्मेदवारले जिते मन्त्री बनाउने अभिव्यक्ति दिएको भन्दै रास्वपा तनहुँका उपसंयोजक सूर्यमणि पौडेलले दाहाललाई कारबाहीको माग गर्दै उजुरी दिएका हुन्।

‘गठबन्धनको उम्मेदवारको प्रचारप्रसारमा बहालवाला प्रधानमन्त्री संलग्न हुनु, उद्घाटन गर्ने बाहनामा सेनाको हेलिकप्टर प्रयोग हुनु र निर्वाचनको बेलामा उमेदवारलाई भोट हालेर जिताए मन्त्री बनाउने सार्वजनिक अभिव्यक्ति दिएकोप्रति त्यहाँको ध्यानाकर्षण गराउन चाहन्छौँ,’ उजरीपत्रमा भनिएको छ।

प्रधानमन्त्री प्रचण्डले बुधबारको सभामा गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईले चुनाव जिते मन्त्री बनाउने बताएका थिए। कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि तनहुँले राष्ट्रपति पाइसकेको र अब भट्टराईलाई मन्त्री बनाउने बताएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बैठकमा विपक्षी दलका

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई