"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कम्युनिस्ट पार्टीबीच एकता गर्नेबारे छलफल गरिरहेका छौँ : प्रचण्ड

प्रकाशित मिति :  23 April, 2023 4:24 pm


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिस्ट पार्टीहरूबीच एकता गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताएका छन्। कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एकीकृत समाजवादीले आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलन: उपलब्धी चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेकपा एमालेसँग एकता गरेर बनेको नेकपामै फर्किने गरी पार्टीहरू एक हुनुपर्ने पनि बताए। ‘जो कम्युनिस्ट पार्टीको एकता वा जनवादी केन्द्रीयताको सिद्धान्त, सामूहिक नेतृत्वको सिद्धान्तविरुद्ध छन् उनीहरू एकताको पक्षमा छैनन्। तर, हामीहरू अहिले पनि एकताकै पक्षमा छौँ,’ उनले भने, ‘अहिले माधव कमरेड र हामीहरूसहित थुप्रै नेताहरूसँग जे छलफल भइरहेको छ। हामी भनिरहेका छौं नेकपातिरै फर्किनुपर्छ। कम्युनिस्ट पार्टीमा नेतृत्वलाई ‘कि’ भन्ने गरिन्छ र हो पनि । नेतृत्वले गलत विचार अगिंकार गर्‍यो भने ठूलो क्षति हुन्छ।’

उनले सबै कम्युनिस्ट विचार बोक्नेहरूलाई एक ठाउँमा आउन पनि अपिल गरे। समाजवादी मोर्चा घोषणा गरेर सबैलाई नेकपातिर फर्किन आग्रह गरिने उनको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बैठकमा विपक्षी दलका

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई