"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

परराष्ट्रमन्त्री एनपी साउद बेलायती राजाको राज्याभिषेकमा जाने

प्रकाशित मिति :  30 April, 2023 5:13 pm


काठमाडौं । बेलायतका राजा चार्ल्स  तृतीयको राज्याभिषेकमा नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद सहभागिता हुने भएका छन् । चाल्र्स तृतीयको राज्याभिषेकमा वैशाख २१ गते बेलायत जाने मिति तय भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल उक्त कार्यक्रममा जाने तय भएको थियो । उपचारपछि आइतबार मात्रै नेपाल फर्कन लागेका पौडेल स्वास्थ्यका कारणले सहभागी हुन नसकेपछि परराष्ट्रमन्त्री साउद जान लागेका हुन् ।

चाल्र्स तृतीयको राज्याभिषेक वैशाख २३ गते (मे ६ तारिख) का लागि तोकिएको छ । वैशाख २६ गते नेपाल फर्कने साउदले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का नेता एवं भारतीय गृहमन्त्री अमित शाहबीच