"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओलीको आरोप : ममाथि ढुंगामुढा सत्तारूढ दलकै कार्यकर्ता र पूर्वराजाका परिवारको संलग्नतामा

प्रकाशित मिति :  30 April, 2023 9:53 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि सत्तारूढ दलका कार्यकर्ता र पूर्वराजा ज्ञानेन्द्र शाहका परिवारको संलग्नतामा ढुंगामुढा भएको बताएका छन्।

ओलीमाथि केही दिनअघि कोशी प्रदेशका झापालगायत केही ठाउँमा कालोझन्डा देखाउनेजस्ता क्रियाकलाप भएका थिए। आफूमाथि निरन्तर आक्रमण प्रयास भइरहे पनि सरकार मुकदर्शक बनेर बसेको ओलीको भनाइ छ।

पार्टीनिकट अखिल नेपाल किसान महासंघले आइतबार च्यासलमा गरेको कार्यक्रममा बोल्दै ओलीले सत्तारूढ दलका नेता तथा कार्यकर्ता र पूर्वराजाका परिवारकै संलग्नतामा आफूमाथि आक्रमण प्रयास भइरहेको दाबी गरेका हुन्।

उनले उदण्ड, अराजनीतिक खालका गतिविधिलाई सरकारले नियन्त्रण नगरेको पनि बताएका छन्। ‘सत्तारूढ दलकै कार्यकर्ताहरूले ढुंगामुढा गरे। हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रूख ढालेर छेक्न खोज्ने, ढुंगा हान्ने, भिडन्त गर्न आउनेजस्ता गतिविधिलाई सरकारले नियन्त्रण गरेन,’ ओलीले भने।

हरेक ठाउँमा करिब २० जनाको समूहमा रहेकाहरूले आफूमाथि आक्रमण गर्ने प्रयास गरेको ओलीको दाबी छ। ‘ज्ञानेन्द्र शाह र उनको परिवारकै संलग्नता देखिएको छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बैठकमा विपक्षी दलका

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई