"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओलीको आरोप : ममाथि ढुंगामुढा सत्तारूढ दलकै कार्यकर्ता र पूर्वराजाका परिवारको संलग्नतामा

प्रकाशित मिति :  30 April, 2023 9:53 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि सत्तारूढ दलका कार्यकर्ता र पूर्वराजा ज्ञानेन्द्र शाहका परिवारको संलग्नतामा ढुंगामुढा भएको बताएका छन्।

ओलीमाथि केही दिनअघि कोशी प्रदेशका झापालगायत केही ठाउँमा कालोझन्डा देखाउनेजस्ता क्रियाकलाप भएका थिए। आफूमाथि निरन्तर आक्रमण प्रयास भइरहे पनि सरकार मुकदर्शक बनेर बसेको ओलीको भनाइ छ।

पार्टीनिकट अखिल नेपाल किसान महासंघले आइतबार च्यासलमा गरेको कार्यक्रममा बोल्दै ओलीले सत्तारूढ दलका नेता तथा कार्यकर्ता र पूर्वराजाका परिवारकै संलग्नतामा आफूमाथि आक्रमण प्रयास भइरहेको दाबी गरेका हुन्।

उनले उदण्ड, अराजनीतिक खालका गतिविधिलाई सरकारले नियन्त्रण नगरेको पनि बताएका छन्। ‘सत्तारूढ दलकै कार्यकर्ताहरूले ढुंगामुढा गरे। हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रूख ढालेर छेक्न खोज्ने, ढुंगा हान्ने, भिडन्त गर्न आउनेजस्ता गतिविधिलाई सरकारले नियन्त्रण गरेन,’ ओलीले भने।

हरेक ठाउँमा करिब २० जनाको समूहमा रहेकाहरूले आफूमाथि आक्रमण गर्ने प्रयास गरेको ओलीको दाबी छ। ‘ज्ञानेन्द्र शाह र उनको परिवारकै संलग्नता देखिएको छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै

काठमाडौँ- नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। पार्टी केन्द्रीय निर्वाचन