"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपेन्द्र यादवले आज सांसद पदको शपथ लिदै

प्रकाशित मिति :  2 May, 2023 11:52 am


काठमाडौँ । बारा– २ बाट उपनिर्वाचनमा निर्वाचित जसपाका उपेन्द्र यादवले आज सांसद पदको शपथ लिने भएका छन् । दिउँसो १:०० बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवलाई सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराउने कार्यक्रम रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले २८ हजार ४ सय १५ मतनिकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरी विजयी भएका थिए ।

यसअघि उपनिर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लेले वैशाख १५ गते सांसद पदको शपथ लिएका थिए । यादव भने बारामै रहेकाले त्यसबेला उनको शपथ ग्रहणको कार्यक्रम भएको थिएन।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै

काठमाडौँ- नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। पार्टी केन्द्रीय निर्वाचन