"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपेन्द्र यादवले आज सांसद पदको शपथ लिदै

प्रकाशित मिति :  2 May, 2023 11:52 am


काठमाडौँ । बारा– २ बाट उपनिर्वाचनमा निर्वाचित जसपाका उपेन्द्र यादवले आज सांसद पदको शपथ लिने भएका छन् । दिउँसो १:०० बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवलाई सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराउने कार्यक्रम रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले २८ हजार ४ सय १५ मतनिकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरी विजयी भएका थिए ।

यसअघि उपनिर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लेले वैशाख १५ गते सांसद पदको शपथ लिएका थिए । यादव भने बारामै रहेकाले त्यसबेला उनको शपथ ग्रहणको कार्यक्रम भएको थिएन।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बैठकमा विपक्षी दलका

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई