"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्ता गठबन्धनको बैठकमा बजेटको सिद्धान्त र प्राथमिकताको विषयमा छलफल

प्रकाशित मिति :  3 May, 2023 10:20 pm


काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताबीचको छलफल सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धनमा सहभागी दलका शीर्ष नेता थिए। आजको बैठकमा बजेटको प्राथमिकता, संसद्‌मा बजेट पूर्वको छलफल र नीति तथा कार्यक्रमबारे छलफल भएको छलफलमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

‘२४ संसद् अधिवेशन आह्वान भएको छ। २४ गतेपछिको संसद्‌को अधिवेशनबारे के-के गर्ने कुरा भयो। अबको बैठकमा प्रिबजेट छलफलमा बजेटका सिद्धान्त र प्राथमिकताबारे दलहरूबीच एकमत होस् भन्ने कुरा भयो,’ लेखकले भने, ‘यसका लागि सरकारले आधारपत्र तयार पार्ने। नीति तथा कार्यक्रमको विषयलाई पनि सबैले मिलेर साझा बनाउने कुरा भयो। बजेट धेरै चाहना पुरा हुने गरी सम्बोधन गराउने, आर्थिक प्रतिकुलता भए पनि अनुकुल हुने गरी आधारभूत आवश्यकता पुरा गराउने गरी बजेट आउनुपर्छ भन्ने कुरा भयो।’

उनले बैठकमा रास्वपालाई सरकारमा ल्याउने विषयमा कुराकानी भएको र त्यसलाई प्रधानमन्त्रीले नै सम्बोधन गर्ने उनले बताए।  ‘रास्वपालाई सरकारमा ल्याउनेबारे प्रधानमन्त्रीले नै छलफल गरिरहनु भएको छ उहाँले नै सम्बोधन गर्नुहुन्छ’ उनले भने। लेखकले गठबन्धन दलबीच कुनै खालको मतभिन्नता नरहेको पनि दाबी गरे।

बुधबारमात्रै गठबन्धनमा आवद्ध नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादीले आफ्नो पार्टीलाई हेपेको बताएका थिए। आजको बैठकमा माधव नेपालको भनाइ बारे पनि छलफल भएको र नेताहरूबीच स्पष्टता नभएकोले समस्या आएको बताए। अहिले दलहरूबीच सबै विषयमा छलफल भएर मतभिन्नता बाँकी नराखिएको लेखक बताउँछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै

काठमाडौँ- नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। पार्टी केन्द्रीय निर्वाचन