"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारको समर्थनका बारेमा रास्वपाले आज निर्णय लिदै

प्रकाशित मिति :  5 May, 2023 10:32 am


काठमाडौं । सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्दैछ । त्यसका लागि आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । सरकारबारे निर्णय गर्न साँझ ५ बजे बैठक बस्ने रास्वपाका एक नेताले जानकारी दिए ।

नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि रास्वपाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । तर उसले सरकारको समर्थन भने कायमै राखेको छ ।

वैशाख १० को उपनिर्वाचन जितेर लामिछाने पुनः सांसद बनेपछि रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ ।

यद्यपि उपनिर्वाचन जितेपछि पत्रकारहरुको एक प्रश्नमा लामिछानेले यथास्थितिमा सरकारको समर्थन कायम राखीराख्ने पक्षमा नरहेको प्रतिक्रिया दिएका थिए । त्यसयता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता गठबन्धनका अन्य नेताहरुले लामिछानेलाई फकाउने प्रयास जारी राखेका छन् । प्रधानमन्त्री प्रचण्डले चितवनको एक औपचारिक कार्यक्रममा लामिछानेलाई सरकारमा आउन आह्वान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै

काठमाडौँ- नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। पार्टी केन्द्रीय निर्वाचन