"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना

प्रकाशित मिति :  5 May, 2023 1:22 pm


काठमाडौं। नेपालले नाऊरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। बिहीबार राष्ट्रसंघीय मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसंघका लागि नाऊरुकी प्रतिनिधि मार्गो रेमिनिस्से डिएइले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको संख्या १७९ पुगेको छ।

दुई देशका राजदूतले कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसंघका महासचिवलाई दिएका छन्। दुवै देशका राजदूतले दौत्य सम्बन्ध स्थापनाले राष्ट्रसंघलगायत मञ्चमा सहकार्य र समन्वय हुने, दुई पक्षीय हितमा काम गर्ने र नागरिकस्तरको सम्बन्ध स्थापना हुने कुरामा आश्वस्त रहेको बताए।

सन् १९६८ मा स्वतन्त्र मुलुकको मान्यता पाएको नाऊरु प्रशान्त महासागरको नजिक अष्ट्रेलियाको उत्तर पूर्वमा अवस्थित देश हो।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियाको अन्त्येष्टिमा सहभागी

काठमाडौँ- नेपाली सेनाका पूर्वरथी (जर्नेल) बालानन्द शर्मा परराष्ट्रमन्त्री भएका छन्। नवनियुक्त परराष्ट्रमन्त्री शर्मालाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शीतल निवासमा आयोजित समारोहमा

काठमाडौँ — नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उनलाई आज साढे २ बजे शपथ

काठमाडौँ — राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले