"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई छोड्न नहुने कांग्रेसको निर्णय

प्रकाशित मिति :  5 May, 2023 7:27 pm


काठमाडौँ । नेपाली कांग्रेसले नेपालीलाई नक्कली शरणार्थी बनाएर ठगी गरेको घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएको छ। आज शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले यस प्रकरणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने निर्णय गरेको हो।

‘नक्कली शरणार्थी बनाएर ठगेको भन्ने जघन्य अपराधको कुरा आइरहेको छ। यसमा कोको संलग्न छन् सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने कांग्रेसको भनाइ हो,’ पार्टी प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले भने, ‘कति जना यसमा संलग्न छन् त्यो त अनुसन्धान हुँदै जाँदा आउला। दोषी देखिएका कोही उम्किनु हुँदैन।’

उनले नेकपा एमालेका सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी फरार भएकोबारे सोधिएको प्रश्नमा राज्यले अपराध गर्नेहरूलाई संरक्षण गर्न नसक्ने पनि बताए। उनले कांग्रेसकै नेता यस प्रकरणमा मुछिए भने कारबाही हुनै पर्ने बताए। ‘गलत गर्ने सबैलाई कारबाही हुनुपर्छ। यसमा यो त्यो भन्ने हुँदैन’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बैठकमा विपक्षी दलका

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई