"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई छोड्न नहुने कांग्रेसको निर्णय

प्रकाशित मिति :  5 May, 2023 7:27 pm


काठमाडौँ । नेपाली कांग्रेसले नेपालीलाई नक्कली शरणार्थी बनाएर ठगी गरेको घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएको छ। आज शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले यस प्रकरणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने निर्णय गरेको हो।

‘नक्कली शरणार्थी बनाएर ठगेको भन्ने जघन्य अपराधको कुरा आइरहेको छ। यसमा कोको संलग्न छन् सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने कांग्रेसको भनाइ हो,’ पार्टी प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले भने, ‘कति जना यसमा संलग्न छन् त्यो त अनुसन्धान हुँदै जाँदा आउला। दोषी देखिएका कोही उम्किनु हुँदैन।’

उनले नेकपा एमालेका सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी फरार भएकोबारे सोधिएको प्रश्नमा राज्यले अपराध गर्नेहरूलाई संरक्षण गर्न नसक्ने पनि बताए। उनले कांग्रेसकै नेता यस प्रकरणमा मुछिए भने कारबाही हुनै पर्ने बताए। ‘गलत गर्ने सबैलाई कारबाही हुनुपर्छ। यसमा यो त्यो भन्ने हुँदैन’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै

काठमाडौँ- नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। पार्टी केन्द्रीय निर्वाचन