"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूबारे प्रकाशित समाचारप्रति खाणको ध्यानाकर्षण

प्रकाशित मिति :  6 May, 2023 1:04 pm


काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफ्ना बारेमा भ्रामक समाचार आइरहेको भन्दै त्यसको खण्डन गरेका छन्। कांग्रेस नेता खाणले शनिबार एक विज्ञप्ति प्रकाशित गरी विभिन्न सञ्चारमाध्यममा आफ्ना बारेमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएका हुन्।

उनले भनेका छन्, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरिदिनुहुन अनुरोध छ।’

भुटानी शरणार्थीको नक्कली परिचयपत्र प्रकरणमा खाणसमेत संलग्नता रहेको भनेर विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशिन गरेपछि उनले यसको खण्डन गरेका हुन्।

खाण २०७८ असारदेखि २०७९ पुस ११ गतेसम्म गृहमन्त्री थिए। नक्कली भुटानी शरणार्थीमा ‘भीआईपी’ जोडिने क्रम जारी छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनसहित युवाबाट रकम असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सन्देश शर्मा, सानु भण्डारी, सागर थुलुङ राई र टंक गुरुङ पनि पक्राउ परिसकेका छन्। पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी फरार छन्।

यही विषयमा अनुसन्धान गर्न प्रहरीले नेपाल सरकारका सचिव टेकराज पाण्डे, तत्कालीन गृहमन्त्रीका स्वकीय सचिव इन्द्रजीत राई पनि पक्राउ गरिसकेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बैठकमा विपक्षी दलका

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई