"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूबारे प्रकाशित समाचारप्रति खाणको ध्यानाकर्षण

प्रकाशित मिति :  6 May, 2023 1:04 pm


काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफ्ना बारेमा भ्रामक समाचार आइरहेको भन्दै त्यसको खण्डन गरेका छन्। कांग्रेस नेता खाणले शनिबार एक विज्ञप्ति प्रकाशित गरी विभिन्न सञ्चारमाध्यममा आफ्ना बारेमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएका हुन्।

उनले भनेका छन्, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरिदिनुहुन अनुरोध छ।’

भुटानी शरणार्थीको नक्कली परिचयपत्र प्रकरणमा खाणसमेत संलग्नता रहेको भनेर विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशिन गरेपछि उनले यसको खण्डन गरेका हुन्।

खाण २०७८ असारदेखि २०७९ पुस ११ गतेसम्म गृहमन्त्री थिए। नक्कली भुटानी शरणार्थीमा ‘भीआईपी’ जोडिने क्रम जारी छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनसहित युवाबाट रकम असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सन्देश शर्मा, सानु भण्डारी, सागर थुलुङ राई र टंक गुरुङ पनि पक्राउ परिसकेका छन्। पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी फरार छन्।

यही विषयमा अनुसन्धान गर्न प्रहरीले नेपाल सरकारका सचिव टेकराज पाण्डे, तत्कालीन गृहमन्त्रीका स्वकीय सचिव इन्द्रजीत राई पनि पक्राउ गरिसकेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै

काठमाडौँ- नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। पार्टी केन्द्रीय निर्वाचन