"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकार परिवर्तनको हल्ला चलाएर कसैको हित हुँदैन : उपेन्द्र यादव

प्रकाशित मिति :  6 May, 2023 6:09 pm


काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिनैपच्छे सरकार परिवर्तन हुने हल्ला चलाउन नहुने बताएका छन्।  शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार परिवर्तन हुने हल्ला चलाएर कसैको हित नहुने बताए। यस्तै परिवर्तन गरिराख्नु पनि गलत हुने उनले बताए।  

‘सुशासन र विकासको गति अघि बढाउन, शिक्षा, स्वास्थ्य, कृषि, लगायतका क्षेत्रहरूमा परिवर्तन गरी अगाडि बढाउने मुख्य अभिभारा हो अहिलेको सरकारको। त्यसको लागि सरकारको स्थिरता आवश्यक छ,’ उनले भने, ‘दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैको हित हुँदैन। र दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु पनि गलत हो।’

यस्तै गठबन्धनको सरकारनै अगाडि बढ्नुपर्ने उनको भनाई थियो। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै

काठमाडौँ- नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। पार्टी केन्द्रीय निर्वाचन