"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकार परिवर्तनको हल्ला चलाएर कसैको हित हुँदैन : उपेन्द्र यादव

प्रकाशित मिति :  6 May, 2023 6:09 pm


काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिनैपच्छे सरकार परिवर्तन हुने हल्ला चलाउन नहुने बताएका छन्।  शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार परिवर्तन हुने हल्ला चलाएर कसैको हित नहुने बताए। यस्तै परिवर्तन गरिराख्नु पनि गलत हुने उनले बताए।  

‘सुशासन र विकासको गति अघि बढाउन, शिक्षा, स्वास्थ्य, कृषि, लगायतका क्षेत्रहरूमा परिवर्तन गरी अगाडि बढाउने मुख्य अभिभारा हो अहिलेको सरकारको। त्यसको लागि सरकारको स्थिरता आवश्यक छ,’ उनले भने, ‘दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैको हित हुँदैन। र दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु पनि गलत हो।’

यस्तै गठबन्धनको सरकारनै अगाडि बढ्नुपर्ने उनको भनाई थियो। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बैठकमा विपक्षी दलका

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई