"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

खानी तथा भूगर्व विभागका महानिर्देशक सहित १८ जना विरुद्ध मुद्दा

प्रकाशित मिति :  26 January, 2022 3:46 pm


काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्व विभागका महानिर्देशक सहित १८ जना विरुद्ध अनियमितता आरोपमा मुद्दा दायर गरेको छ। अख्तियार स्रोतका अनुसार विभागका महानिर्देशक रामप्रसाद घिमिरे सहित १८ जना र ९ कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

उनीहरुविरुद्ध १ अर्व २४ करोड बढी रकम विगो कामय गरेर मुद्दा दायर गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ। आयोगका अनुसार चुनढुंगा उत्खननमा अनियमितता भएको भन्दै परेको उजुरीको अनुसन्धानका क्रममा खानी सञ्चालकसँग मिलेर प्राकृतिक स्रोतसाधन दोहनमा सघाएको अख्तियारले ठहर गरेको छ।

चुनढुंगा उत्खननमा अनियमितता भएको भन्दै परेको उजुरीको अनुसन्धानका क्रममा खानी सञ्चालकसँग मिलेर प्राकृतिक स्रोत दोहनमा सघाएको पुष्टि भएको छ,’ अख्तियार स्रोतले भन्यो,‘ ‘खानी विभागका महानिर्देशक सहित १८ जना र ९ कम्पनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य