"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचार गर्नेलाई एमालेले जोगाउन तिर लाग्दैन : अध्यक्ष ओली

प्रकाशित मिति :  8 May, 2023 7:22 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु भ्रष्टाचार गर्नेलाई जोगाउन नलाग्ने तर सरकारले निर्दोष व्यक्तिलाई फसाउन नपाउने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको सन्दर्भ उठाउँदै उनले एमालेले कसैको बचाउ नगर्ने भन्दै प्रधानमन्त्रीले कसैलाई बचाउन खोजेको आफूले संकेत पाएको बताएका हुन् ।

पार्टीको युवा संगठन राष्ट्रिय युवा संघको कार्यक्रममा उनले भने, ‘करप्सनलाई एमालेले टोलरेट गर्दैन । तर कसैलाई खेदी खेदी हत्कडी लगाउने कुरा कसैलाई छोड्ने कुरा सह्य हुँदैन’ उनले भने । यो घटनालाई एमालेतिर लक्षित गर्ने कोशिस भइरहेको भन्दै ओलीले आपत्ति जनाए ।

यो प्रकरणमा प्रधानमन्त्रीले नै बोलाएपछि आफू भेट्न गएको भन्दै ओलीले अहिले आफूले दबाव दिएको भान पार्न खोजिएको भन्दै आलोचना गरे । ‘मैले भ्रष्टहरु नछुटुन् भन्नुको अर्थ छ, प्रधानमन्त्री नै भ्रष्टहरुलाई जोगाउन लाग्नुभएको छ’ उनले भने, ‘मैले गएर मान्छे छुटाउन, दोषीलाई कारबाही नगर्न दबाव दिएँ भन्ने भान पार्न खोजिएको छ ।’

शनिबार आफूसँग भेटेपछि प्रधानमन्त्रीले एउटा कार्यक्रममा यो त ट्रेलरमात्र हो, फिल्म देखिनेवाला छ भन्ने टिप्पणी गरेको भन्दै ओलीले सोधे, ‘तपाईको सिनेमा हलमा फिल्म कहिलेदेखि लाग्छ ? सबैतिर सिनेमा चल्याछ, तपाईको हलमा कहिले लाग्छ ?’

ओलीले अगाडि सोधे, ‘सधैं ट्रेलर मात्र प्रचण्डजी ? सिनेमा चलाउनुस् न । तपाईंको हलमा किन ताला लागेको छ ? मलाई बोलाएर भेट्ने, ट्रेलरमात्र हो भन्ने फिल्म देखाउँछु भन्ने, देखाउन सक्नुभयो ?’

सोमबार संवैधानिक परिषदको बैठकमा प्रधानमन्त्रीसँग भेट हुने भन्दै ओलीले त्यहाँ पनि आफूले यही प्रश्न गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै