"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचार गर्नेलाई एमालेले जोगाउन तिर लाग्दैन : अध्यक्ष ओली

प्रकाशित मिति :  8 May, 2023 7:22 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु भ्रष्टाचार गर्नेलाई जोगाउन नलाग्ने तर सरकारले निर्दोष व्यक्तिलाई फसाउन नपाउने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको सन्दर्भ उठाउँदै उनले एमालेले कसैको बचाउ नगर्ने भन्दै प्रधानमन्त्रीले कसैलाई बचाउन खोजेको आफूले संकेत पाएको बताएका हुन् ।

पार्टीको युवा संगठन राष्ट्रिय युवा संघको कार्यक्रममा उनले भने, ‘करप्सनलाई एमालेले टोलरेट गर्दैन । तर कसैलाई खेदी खेदी हत्कडी लगाउने कुरा कसैलाई छोड्ने कुरा सह्य हुँदैन’ उनले भने । यो घटनालाई एमालेतिर लक्षित गर्ने कोशिस भइरहेको भन्दै ओलीले आपत्ति जनाए ।

यो प्रकरणमा प्रधानमन्त्रीले नै बोलाएपछि आफू भेट्न गएको भन्दै ओलीले अहिले आफूले दबाव दिएको भान पार्न खोजिएको भन्दै आलोचना गरे । ‘मैले भ्रष्टहरु नछुटुन् भन्नुको अर्थ छ, प्रधानमन्त्री नै भ्रष्टहरुलाई जोगाउन लाग्नुभएको छ’ उनले भने, ‘मैले गएर मान्छे छुटाउन, दोषीलाई कारबाही नगर्न दबाव दिएँ भन्ने भान पार्न खोजिएको छ ।’

शनिबार आफूसँग भेटेपछि प्रधानमन्त्रीले एउटा कार्यक्रममा यो त ट्रेलरमात्र हो, फिल्म देखिनेवाला छ भन्ने टिप्पणी गरेको भन्दै ओलीले सोधे, ‘तपाईको सिनेमा हलमा फिल्म कहिलेदेखि लाग्छ ? सबैतिर सिनेमा चल्याछ, तपाईको हलमा कहिले लाग्छ ?’

ओलीले अगाडि सोधे, ‘सधैं ट्रेलर मात्र प्रचण्डजी ? सिनेमा चलाउनुस् न । तपाईंको हलमा किन ताला लागेको छ ? मलाई बोलाएर भेट्ने, ट्रेलरमात्र हो भन्ने फिल्म देखाउँछु भन्ने, देखाउन सक्नुभयो ?’

सोमबार संवैधानिक परिषदको बैठकमा प्रधानमन्त्रीसँग भेट हुने भन्दै ओलीले त्यहाँ पनि आफूले यही प्रश्न गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा