"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले सचिवालय बैठक बस्दै, के के छन् एजेण्डाहरु ?

प्रकाशित मिति :  9 May, 2023 12:30 pm


काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक मंगलबार (आज) बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी मुख्यालय ललितपुरमा बस्न लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

नेकपा (एमाले)को ‘केन्द्रीय कमिटी बैठक वैशाख २८, २९ र ३० गते काठमाडौंमा बस्दैछ। त्यसैको कार्यसूची तय गर्न बैठक बस्न लागेको उनले बताए। ‘केन्द्रीय कमिटीको बैठकको कार्यसूची तय गर्न बैठक बस्न लागेको हो,’ उनले सेतोपाटीसँग भने, ‘समसामयिक विषयमा पनि छलफल होला।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका सचिव टोपबहादुर रायमाझी मुछिएका छन्। प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी फरार छन्। उनका छोरा सन्दीप भने पक्राउ परिसकेका छन्। त्यस्तै पार्टीका सल्लाहकार परिषद् सदस्य इन्द्रजित राई सोही प्रक्ररणमा पक्राउ परी प्रहरी हिरासतमा छन्।

यसैबीच एमालेले फागुनदेखि वैशाखसम्म मिसन ग्रासरुट अभियान चलाएको थियो। त्यसको समीक्षा र नक्कली भुटानी शरणार्थी प्रकरणबारे पनि छलफल हुने बताइएको छ। एमालेले केन्द्रीय कमिटी  बैठक झापामा आयोजना गर्ने भनेको थियो। तर, संसद्मा प्रिबजेट छलफल र पछिल्लो राजनीतिक घटनाक्रममा कारण बैठक काठमाडौंमै बस्ने तय गरिएको एमालेले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बैठकमा विपक्षी दलका

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई