"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रक्तदान गर्दा यस्ता कुरामा ख्याल गरौँ

प्रकाशित मिति :  10 May, 2023 2:24 pm


काठमाडौँ । हरेक दुई सेकेन्डमा कसै न कसैलाई रगतको आवश्यकता परिरहेको हुन्छ । दुर्घटनाग्रस्त, रोगबाट पीडित, अविकसित शिशु, जटिल शल्यक्रिया आदि विभिन्न अवस्थामा रगतको आवश्यकता अझै धेरै पर्छ । त्यसैले रक्तदानलाई जीवनदान मानिन्छ । स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न सक्छन् । तीन–तीन महिनामा रक्तदान गर्दा शरीरमा ताजा रगत बग्न सघाउ पुग्छ । स्वास्थ्य राम्रो हुन्छ । सामान्यतया १८ देखि ५६ वर्षका स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्छन् । तर, रक्तदान गर्नेले आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गर्न भने जरुरी छ ।  

– रक्तदान गर्ने व्यक्तिलाई मलेरिया, जन्डिस, मधुमेह, क्षयरोग र एड्सलगायत कुनै पनि यौनरोग लागेको हुनुहुँदैन ।

– मदिरा सेवन गरेको २४ घन्टाभित्र रगत दिनुहुँदैन । त्यस्तै, लागुपदार्थ सेवन गरेका व्यक्तिले पनि रक्तदान गर्नुहुँदैन । 

– रक्तदान गरेको तीन महिनापछि मात्र पुनः रक्तदान गर्न सकिन्छ । गर्भवती, ६ महिना नपुगेकी सुत्केरी र महिनावारी भइरहेको अवस्थामा पनि रक्तदान गर्नुहुँदैन । 

– रक्तदान गर्ने व्यक्तिको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन ।

– रक्तदान गर्नुभन्दा तीन घन्टाअघि पोषिलो खाना सेवन गर्नु राम्रो हुन्छ । र, रक्तदानको समय जुसको सेवन गर्दा पनि स्वास्थ्यमा फाइदा पुग्छ । यस्तो खानाले थकाइ लाग्न दिँदैन ।

– १८ देखि ६० वर्षसम्मका मानिस रक्तदान उमेरसमूहमा पर्छन् । रक्तदान गर्ने मानिसको तौल ४५ किलोग्रामभन्दा बढी हुनुपर्छ । 
 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – विश्व स्वास्थ्य संगठनको (डब्लूएचओ) को ७९औँ विश्व स्वास्थ्य महासभामा नेपालले उपाध्यक्षको जिम्मेवारी पाएको छ ।जेनेभामा सोमबार आयोजित महासभाको

काठमाडौँ- सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा.डा.जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मंगलबार बसेको

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायतका सेवा सुविधाहरु उपलब्ध गराउन निर्देशन

काठमाडौं – विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य