"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कन्फरेन्समा सहभागी हुन परराष्ट्रमन्त्री साउद बंगलादेश जादै

प्रकाशित मिति :  11 May, 2023 10:12 am


काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद ‘छैटौं इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन आज बंगलादेश जाँदै छन्।  बुधबार बिहान मात्र बेलायतबाट फर्केका परराष्ट्र मन्त्री साउद उक्त सम्मेलनमा भाग लिनका लागि बिहीबार बंगलादेशको राजधानी ढाका जान लागेका हुन्।

हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने मुल कार्यपत्रमा छलफल गर्नका लागि उक्त सम्मेलन आयोजना गरिएको हो।

भारतको विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयले संयुक्त रूपमा सो कार्यक्रमको आयोजना गरेका हुन। उक्त सम्मेलन शनिबारसम्म जारी रहनेछ। 

चाल्र्स तृतियाको राज्यभिषेक समारोहमा सहभागी हुन लागि गत साता मात्रै उनी बेलायत गएका थिए। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का नेता एवं भारतीय गृहमन्त्री अमित शाहबीच