"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इमरान खानको गिरफ्तारी गैरकानुनी: सर्वोच्च अदालत

प्रकाशित मिति :  11 May, 2023 7:25 pm


वीवीसी । पाकिस्तानको सर्वोच्च अदालतले देशका पूर्वप्रधानमन्त्री इमरान खानको गत मङ्गलवार गरिएको गिरफ्तारी गैर कानुनी रहेको आदेश दिएको छ। अदालतले खानलाई तत्काल रिहा गर्ने आदेश दिएको छ। भ्रष्टाचार सम्बन्धी एक मुद्दालाई लिएर यसै साता उनलाईनाटकीय रूपमा अदालत परिसरबाटै पक्राउ गरिएको थियो।

उनका वकिलहरूले उक्त गिरफ्तारी गैर कानुनी रहेको तर्क गरेका थिए भने उनको दल पाकिस्तान तहरिक-ए-इन्साफले त्यो राजनीतिक रूपमा प्रेरित रहेको जनाएको थियो।

खानको पक्राउसँगै पाकिस्तानभर चर्किएको प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै २,००० भन्दा धेरै मानिसहरू पक्राउ परेका थिए।

मङ्गलवारको गिरफ्तारीले खान र सेनाबिच समेत तनाव उत्पन्न गराएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी – बेलायती प्रधानमन्त्री कियर स्टार्मरले सोमबार पदबाट राजीनामा दिएका छन्। भारी बहुमतका साथ निर्वाचित भएको दुई वर्ष पनि नपुग्दै

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।