"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इमरान खानको गिरफ्तारी गैरकानुनी: सर्वोच्च अदालत

प्रकाशित मिति :  11 May, 2023 7:25 pm


वीवीसी । पाकिस्तानको सर्वोच्च अदालतले देशका पूर्वप्रधानमन्त्री इमरान खानको गत मङ्गलवार गरिएको गिरफ्तारी गैर कानुनी रहेको आदेश दिएको छ। अदालतले खानलाई तत्काल रिहा गर्ने आदेश दिएको छ। भ्रष्टाचार सम्बन्धी एक मुद्दालाई लिएर यसै साता उनलाईनाटकीय रूपमा अदालत परिसरबाटै पक्राउ गरिएको थियो।

उनका वकिलहरूले उक्त गिरफ्तारी गैर कानुनी रहेको तर्क गरेका थिए भने उनको दल पाकिस्तान तहरिक-ए-इन्साफले त्यो राजनीतिक रूपमा प्रेरित रहेको जनाएको थियो।

खानको पक्राउसँगै पाकिस्तानभर चर्किएको प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै २,००० भन्दा धेरै मानिसहरू पक्राउ परेका थिए।

मङ्गलवारको गिरफ्तारीले खान र सेनाबिच समेत तनाव उत्पन्न गराएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

एजेन्सी – यस वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जितेका छन्। शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ

ऐजेन्सी – थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा

काठमाडौं – भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा