"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टी–२० विश्वकप एसिया छनोट नेपालमा हुने

प्रकाशित मिति :  14 May, 2023 5:42 pm


काठमाडौं । सन् २०२४ को टी–२० विश्वकपका लागि एसिया क्षेत्रको छनोट खेल नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बर १ खेखि १० तारिखसम्म त्रिवि मैदान कीर्तिपुर र मुलपानी मैदानमा छनोट खेल सञ्चालनका लागि अधिकार पाएको छ ।

छनोट खेलमा आठ टोलीको सहभागिता रहनेछ । जसमा आयोजक नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) ओमान, हङकङ, सिंगापुर र बहराइन तथा उपक्षेत्रीय छनोट खेलबाट आउने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । उपक्षेत्रीय छनोटमा समूह ‘ए’ बाट कुवेत, माल्दिभ्स, कतार र साउदी अरब तथा समूह ‘बी’ मा मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्ड रहेका छन् । समूहको शीर्ष दुई टोली छनोट खेलमा सामेल हुनेछन् । 

छनोट खेलमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल पुग्ने टोलीले विश्वकपमा स्थान बनाउनेछ । घरेलु मैदानमा आयोजना हुने छनोट खेलको फाइनलमा स्थान बनाउन सकेमा नेपालले विश्वकपको यात्रा तय गर्नेछ ।

नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । एकदिवसीय विश्वकप छनोटमा समेत स्थान बनाएको नेपालको प्रदर्शन पछिल्लो समय सुधारिएको छ ।

क्रिकेटका एक पछि अर्को सफलता हात पारेको नेपालका लागि टी–२० विश्वकपको एसिया क्षेत्रको छनोटमा स्थान बनाउने राम्रो मौका मिलेको छ । अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा २० देशको सहभागिता रहनेछ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई

काठमाडौँ – फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको

काठमाडौँ — फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा