"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रियललाई ४ गोलले पराजित गर्दै सिटी च्याम्पियन्स लिगको फाइनलमा

प्रकाशित मिति :  18 May, 2023 2:17 pm


काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।साविक विजेता तथा कीर्तिमानी १४ पटकको च्याम्पियन रियल मड्रिडलाई सेमिफाइनल दोस्रो लेगमा ४-० ले पराजित गर्दै समग्रमा ५-१ को नतिजा निकाल्दै सिटीले दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

यसअघि २०२१ मा फाइनल पुगेको सिटी चेल्सीसँग पराजित भएको थियो ।सिटीले अब उपाधिका लागि इटालियन क्लब इन्टरसँग आगामी जुन १० मा टर्कियको इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ।

रियलको मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा सिटीले १-१ को बराबरी खेलेको थियो । घरेलु मैदान एतिहाड स्टेडियममा भएको दोस्रो लेगमा सिटीले सानदार प्रदर्शन गर्दै एकपक्षिय जित निकाल्यो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई

काठमाडौँ – फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको

काठमाडौँ — फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा