"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रिमियर लिगमा म्यानचेस्टर सिटी लगातार तेस्रो सिजन च्याम्पियन

प्रकाशित मिति :  21 May, 2023 11:17 am


काठमाडौं । म्यानचेस्टर सिटीले लगातार तेस्रो सिजन इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। शनिबार राति उपाधि होडमा रहेको आर्सनल नटिघम फरेस्टसँग १-० गोलले पराजित भएसँगै सिटी तीन खेल अघि नै सिजनको च्याम्पियन बनेको हो। शीर्ष स्थानको सिटीले अंक तालिकामा ३५ खेलबाट ८५ अंक जोडेको छ। अन्तिम खेलअघि दोस्रो स्थानको आर्सनलको ३७ खेलबाट ८१ अंक छ। 

सिटी छ वर्षमा पाँचौं पटक च्याम्पियन बनेको छ र अब ऐतिहासिक ट्रेबल जित्ने मौका छ। सिटीले ३ जुनमा एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ। १० जुनमा युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागि इटालियन क्लब इन्टर मिलानसँग इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ। दुवै फाइनल जिते सिटीले ट्रेबल गर्नेछ।

म्यानचेस्टर युनाइटेड छ सिजनमा पाँच प्रिमियर लिग उपाधि जित्ने अन्तिम टोली थियो। युनाइटेडले १९९६ देखि २००१ बीचमा ६ सिजनमा पाँच उपाधि जितेको थियो। युनाइटेडले १९९९ मा ट्रेबल जितेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई

काठमाडौँ – फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको

काठमाडौँ — फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा