"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रिमियर लिगमा म्यानचेस्टर सिटी लगातार तेस्रो सिजन च्याम्पियन

प्रकाशित मिति :  21 May, 2023 11:17 am


काठमाडौं । म्यानचेस्टर सिटीले लगातार तेस्रो सिजन इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। शनिबार राति उपाधि होडमा रहेको आर्सनल नटिघम फरेस्टसँग १-० गोलले पराजित भएसँगै सिटी तीन खेल अघि नै सिजनको च्याम्पियन बनेको हो। शीर्ष स्थानको सिटीले अंक तालिकामा ३५ खेलबाट ८५ अंक जोडेको छ। अन्तिम खेलअघि दोस्रो स्थानको आर्सनलको ३७ खेलबाट ८१ अंक छ। 

सिटी छ वर्षमा पाँचौं पटक च्याम्पियन बनेको छ र अब ऐतिहासिक ट्रेबल जित्ने मौका छ। सिटीले ३ जुनमा एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ। १० जुनमा युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागि इटालियन क्लब इन्टर मिलानसँग इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ। दुवै फाइनल जिते सिटीले ट्रेबल गर्नेछ।

म्यानचेस्टर युनाइटेड छ सिजनमा पाँच प्रिमियर लिग उपाधि जित्ने अन्तिम टोली थियो। युनाइटेडले १९९६ देखि २००१ बीचमा ६ सिजनमा पाँच उपाधि जितेको थियो। युनाइटेडले १९९९ मा ट्रेबल जितेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको