"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमसीसी संसदमा आजै पेस गर्ने सहमति

प्रकाशित मिति :  ८ फाल्गुन २०७८, आईतवार ११:२७


फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनको बैठकले संसदमा एमसिसी टेबल गर्ने निर्णय गरेको छ। बालुवाटारमा आइतबार बिहान बसेको बैठकले एमसिसी टेबल गर्ने निर्णय गरेसँगै बैठक सकिएको छ।

अबको केहीबेरमा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्नेछ। उक्त बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल हुनेछ। बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र सञ्चार तथा सूचना प्रविधि एवं सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की बैठकमा सहभगी भएका थिए।

लामो वादविवादपछि अन्तत: गठबन्धनले संसदमा एमसिसी टेबल गर्ने निर्णय गरेको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌ले

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिंग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि