"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद बैठक चलाउनेबारे सभामुख-प्रधानमन्त्री भेटवार्ता

प्रकाशित मिति :  5 June, 2023 10:56 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच संसद बैठक चलाउनेबारे कुराकानी भएको छ। आइतबार प्रतिनिधिसभा अवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेर बैठक चलाउनेबारे संवाद गरेको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।

‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन खर्च भएको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ। अवरोध हटाउन संवाद गरौं,’ सभामुखको भनाइ उद्धृत गर्दै सभामुखको सचिवालयले जनाएको छ। सभामुखसँगको संवादमा प्रधानमन्त्री प्रचण्डले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको भन्दै सोमबारको संसद् बैठकमा आफूले यी विषयमाथि प्रष्टीकरण गर्ने जनाएका छन्।

‘म एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विपक्षी दलसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ,’ प्रधानमन्त्रीले सभामुखलाई विश्वस्त पारेका छन्। सभामुखले प्रमुख प्रतिपक्षी एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीसँग संवाद गर्दै सरकारले बजेट पारित गर्ने समयसीमा धेरै नरहेकाले संसद बैठकमा अवरोध नगर्न आग्रह गरेको पनि सभामुखको सचिवालयले जनाएको छ।

यता एमाले प्रमुख सचेतक गिरीले भने सदन सुचारु गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डले आफूहरूसँग अहिलेसम्म कुनै छलफल नगरेको जिकिर गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपालगायत दलका सांसदहरूले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको भन्दै विरोध जनाउँदै बैठकमा अवरोध गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता