"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति समक्ष पाकिस्तान र दक्षिण कोरियाका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

प्रकाशित मिति :  13 June, 2023 1:28 pm


काठमाडौँ । पाकिस्तान र दक्षिण कोरियाका राजदूतले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्। सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहका बीच पाकिस्तानका लागि राजदूत अबरार हुसेन हाश्मी र दक्षिण कोरियाका राजदूत पार्क तइयोङले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

राष्ट्रपति भएपछि पहिलो पटक रामचन्द्र पौडेलले आफ्नो मुलकुमा आएका राजदूतको ओहोदाको प्रमाणपत्र बुझेका हुन्। राजदूतहरूलाई लाजिम्पाटस्थित होटल र्‍याडिसन परिसरबाट छुट्टाछुट्टै बग्गीमा राखेर लगिएको थियो। समारोहमा परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू सहभागी थिए।

अबरारको ओहोदाको प्रमाणपत्र लिएपछि राष्ट्रपति पौडेलले नेपाल–पाकिस्तान सम्बन्ध र सार्कका विषयमा छलफल गरेका थिए। त्यसैगरी राष्ट्रपति पौडेलले दक्षिण कोरियाका राजदूतसँग नेपाल–कोरिया सम्बन्ध र कोरियामा रहेका नेपालीका लागि रोजगारीको अवसरका बारेमा पनि छलफल गरे।

परराष्ट्रका वर्तमान सचिव भरत पौड्याल पाकिस्तानमा नै राजदूत भएर आएका व्यक्ति हुन्। उनैले त्यहाँका राजदूतलाई ओहदाको प्रमाणपत्र बुझाउने बन्दोबस्त मिलाउन ढिलाइ गरेको भन्दै आलोचना पनि भइरहेको छ। यसबारे प्रधानमन्त्री पुष्पकमल दाहालले पनि सचिव पौड्याललाई बोलाएर सोधपुछ गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का नेता एवं भारतीय गृहमन्त्री अमित शाहबीच