"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

म्याद सकिएको बिस्कुट बेच्दा ‘स्पर्श फुड’मा सिल

प्रकाशित मिति :  22 February, 2022 9:30 am


काठमाडौं । बजारबाट फिर्ता भएका कुकिज र पाउरोटीबाट पुनः कुकिज टोष्ट तथा विष्कुट उत्पादन गरेको आरोपमा प्रहरीले ललितपुरको ‘स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ्ग’मा सिल गरेको छ । ललितपुरको सुनाकोठीमा सिन्धुपाल्चोक घर भएका ४४ वर्षीय नर बहादुर श्रेष्ठले संचलन गरेको कारखाना सिल गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) कृष्ण प्रसाद कोइरालाले बताए ।

ललितपुर महानगरपालिका–२७ मा अखाद्य विस्कुट उत्पादन गर्ने श्रेष्ठलाई माघ ६ मा अपराध महाशाखाले ६५ सय लिटर नक्कली मह सहित पक्राउ गरेको थियो । प्रहरीले काठमाडौं महानगरपालिका–२७ स्थित ज्याठमा उनले संचालन गरेको मह कारखानामा छापा मारेको थियो । ‘स्पर्स’ ब्राण्ड लेखेर महको बट्टामा टाँसेको तर, सो ब्राण्ड सरकारी निकायमा दर्ता गरेको भेटिएको छैन् । चिनि र मैदा लगायतका कच्चा पदार्थलाई पकाएर उनले मह उत्पादन गर्थे ।

२०७१ देखी सुनाकोठी स्थित ओखरबोटमा उनले ‘स्पर्श पुड प्रोडक्ट एण्ड प्याकेजिङ्ग’ संचालन गर्दै आएका थिए । सो कम्पनीमा पाउरोटी र कुकिज उत्पादन गरेर बजार पठाउने र बजारमा विक्री नभएर फिर्ता नभएका सामानलाई धुलो बनाएर पुनः कुकिज टोष्ट र विस्कुट बनाएर बजारमा पठाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

३ वर्ष पुरानो कुकिजलाई धुलो बनाएर  कुकिज, बटर क्रेकर र काजु बिस्कुट बनाउने गरेको एसपी कोइरालाले बताए । पुराना पाउरोटीलाई श्रेष्ठले क्रन्ची र चिकेन टोष्ट बनाएर पनि प्रयोगमा ल्याउँथे । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ – सरकारले सञ्चालन गरेको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत यस वर्ष देशभरबाट १० हजारभन्दा बढी युवा उद्यमीले आवेदन दिएका छन्।