"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अखण्ड भारतसम्बन्धी नक्साबारे जानकारी गराउन दूतावासलाई मन्त्री साउदको निर्देशन

प्रकाशित मिति :  20 June, 2023 8:18 pm


काठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउदले भारतीय संसद्‌मा रहेको नक्सामा नेपाली भूमि समेटिएको विषयमा भारतीयपक्षसँग छलफल गर्न नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री साउदले भारतका प्रवक्ता र विदेशमन्त्रीले समेत यस विषयमा बोलिसकेको अवस्थामा पुनः भारतीय पक्षसँग छलफल गरी रिपोर्ट गर्न दूतावासलाई निर्देशन दिइसकेको जानकारी दिएका हुन्।

नक्सामा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनेर लेखिएको र उक्त विषय राजनीतिक नरहेको भनेर आधिकारिक रुपमा भारतीय विदेशमन्त्रीबाट प्रतिक्रिया आइसकेको मन्त्री साउदले बताए।

उनले नेपालको नक्साका बारेमा आफूहरू स्पष्ट रहेको, नेपालको नक्सा के हो भन्ने विषय संविधानमा नै उल्लेख भएकाले आफ्नै नक्सालाई विवाद बनाइराख्नु उचित नहुने धारणा राखे।

त्यस्तै मन्त्री साउदले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन बुझ्न नेपाल सरकार तयार रहेको भन्दै भारतले बुझ्ने नबुझ्ने विषयमा सरकारका तर्फबाट दबाब दिन नमिल्ने तर्क गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का नेता एवं भारतीय गृहमन्त्री अमित शाहबीच