"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टाइटानिक हेर्न गएको टाइटन पनडुब्बी विस्फोट हुँदा सबै ५ जनाको मृत्यु

प्रकाशित मिति :  23 June, 2023 11:07 am


काठमाडौं । आन्ध्र महासागरमा डुबेको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न गएकाहरु सवार पनडुब्बी विस्फोट हुँदा सबै ५ जनाको मृत्यु भएको छ । उनीहरु सवार टाइटन पनडुब्बी विस्फोट भएको र सबै ५ जनाको समुन्द्र भित्रै मृत्यु भएको खोजकर्ताहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

गत आइतबार महासागरमा डुबुल्की लगाएको १ घन्टा ४५ मिनेटमा नै पनडुब्बीसँगको सम्पर्क टुटेको थियो । जबकी पनडुब्बी ८ घन्टामा टाइटानिकको भग्नावशेष अवलोकन गरेर माथि उत्रिसक्नु पर्ने थियो । टाइटन बेपत्ता भएपछि खोजी तिब्र पारिएको थियो । त्यसैक्रममा खोजकर्ताहरुले टाइटन पनडुब्बीका टुक्राहरु फेला पारेका थिए ।

त्यसकै आधारमा उनीहरुले टाइटन विस्फोट भएको र सबै ५ जनाको मृत्यु भएको घोषणा गरेका हुन् ।अमेरिकी जल सेनाले विस्फोटको आवाज सुनिएको बताएका बीबीसीले दाबी गरेको छ । टुर कम्पनी ओसियनगेटको त्यो पनडुब्बीमा पाकिस्तानी अरबपति ४८ वर्षका शहजादा दाउद र उनका छोरा १९ वर्षका सुलेमान तथा बेलायती व्यवसायी हामिस हार्डिङ्ग, फ्रेञ्च अन्वेशक पल अनर नार्जेलेट र ओसियनगेटका प्रमुख कार्यकारी स्टाकटन रस सवार थिए ।

टाइटानिकको भग्नावशेष समुन्द्रको ३ हजार ८०० मिटरको गहिराइमा  छ । त्यसकै १६०० फिट मुनि पनडुब्बी टाइटनका ५ वटा टुक्राहरु भेटिएको हो । सन् १९१२ मा बेलायतबाट अमेरिकाका लागि हिँडेको टाइटानिक जहाज हिउँको ठूलो टुक्रासँग ठोक्किएपछि समुन्द्रमा डुबेको थियो ।

२ हजार २ सय जना सवार यो जहाजका ७ सय यात्रीको सकुशल उद्धार गरिएको थियो भने बाँकी १ हजार ५०० जनाको मृत्यु भएको थियो । टाइटानिक जहाजको भग्नावशेष दुर्घटनाको ७३ वर्षपछि सन् १९८५ मा फेला परेको थियो । टाइटानिक २ टुक्रामा विभाजित छ र एक टुक्राबाट अर्को टुक्रासम्मको दूरी २ हजार ६ सय मिटर छ । टाइटनिकको भग्नावशेष भएको ठाउँबाट नजिकको जमिन क्यानडाको न्यूफाउन्डल्याण्ड ७०० किलोमिटर टाढा छ ।

– एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

एजेन्सी – यस वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जितेका छन्। शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ

ऐजेन्सी – थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा

काठमाडौं – भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा