"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टाइटानिक हेर्न गएको टाइटन पनडुब्बी विस्फोट हुँदा सबै ५ जनाको मृत्यु

प्रकाशित मिति :  23 June, 2023 11:07 am


काठमाडौं । आन्ध्र महासागरमा डुबेको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न गएकाहरु सवार पनडुब्बी विस्फोट हुँदा सबै ५ जनाको मृत्यु भएको छ । उनीहरु सवार टाइटन पनडुब्बी विस्फोट भएको र सबै ५ जनाको समुन्द्र भित्रै मृत्यु भएको खोजकर्ताहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

गत आइतबार महासागरमा डुबुल्की लगाएको १ घन्टा ४५ मिनेटमा नै पनडुब्बीसँगको सम्पर्क टुटेको थियो । जबकी पनडुब्बी ८ घन्टामा टाइटानिकको भग्नावशेष अवलोकन गरेर माथि उत्रिसक्नु पर्ने थियो । टाइटन बेपत्ता भएपछि खोजी तिब्र पारिएको थियो । त्यसैक्रममा खोजकर्ताहरुले टाइटन पनडुब्बीका टुक्राहरु फेला पारेका थिए ।

त्यसकै आधारमा उनीहरुले टाइटन विस्फोट भएको र सबै ५ जनाको मृत्यु भएको घोषणा गरेका हुन् ।अमेरिकी जल सेनाले विस्फोटको आवाज सुनिएको बताएका बीबीसीले दाबी गरेको छ । टुर कम्पनी ओसियनगेटको त्यो पनडुब्बीमा पाकिस्तानी अरबपति ४८ वर्षका शहजादा दाउद र उनका छोरा १९ वर्षका सुलेमान तथा बेलायती व्यवसायी हामिस हार्डिङ्ग, फ्रेञ्च अन्वेशक पल अनर नार्जेलेट र ओसियनगेटका प्रमुख कार्यकारी स्टाकटन रस सवार थिए ।

टाइटानिकको भग्नावशेष समुन्द्रको ३ हजार ८०० मिटरको गहिराइमा  छ । त्यसकै १६०० फिट मुनि पनडुब्बी टाइटनका ५ वटा टुक्राहरु भेटिएको हो । सन् १९१२ मा बेलायतबाट अमेरिकाका लागि हिँडेको टाइटानिक जहाज हिउँको ठूलो टुक्रासँग ठोक्किएपछि समुन्द्रमा डुबेको थियो ।

२ हजार २ सय जना सवार यो जहाजका ७ सय यात्रीको सकुशल उद्धार गरिएको थियो भने बाँकी १ हजार ५०० जनाको मृत्यु भएको थियो । टाइटानिक जहाजको भग्नावशेष दुर्घटनाको ७३ वर्षपछि सन् १९८५ मा फेला परेको थियो । टाइटानिक २ टुक्रामा विभाजित छ र एक टुक्राबाट अर्को टुक्रासम्मको दूरी २ हजार ६ सय मिटर छ । टाइटनिकको भग्नावशेष भएको ठाउँबाट नजिकको जमिन क्यानडाको न्यूफाउन्डल्याण्ड ७०० किलोमिटर टाढा छ ।

– एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन