"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना

प्रकाशित मिति :  23 June, 2023 11:18 am


काठमाडौं । नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकहरुको संख्या १८० पुगेको छ ।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा २२ जुन २०२३ मा आयोजित एक संक्षिप्त समारोहमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राई र संयुक्त राष्ट्रसंघका लागि क्यामरुनका स्थायी प्रतिनिधि मिशेल टोमो मोन्थोले कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा दुवै देशका प्रतिनिधिहरुले द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचार विमर्शसमेत गरेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्यामरुन २४० भन्दा बढी जनजाती र २३० भाषाको धनी क्यामरुन पश्चिम अफ्रिकी मुलुक हो । क्यामरुन देश चाड, मध्य अफ्रिकी गणतन्त्र, कंगो गणतन्त्र, ग्याबोन, इक्वेटोरियल गिनी, नाइजेरिया र दक्षिण पश्चिममा एटलान्टिक महासागरको सिमानामा पर्दछ । कूल ४ लाख ७५ हजार ४४० वर्ग किलोमिटर क्षेत्रफल रहेको क्यामरुनमा २७ मिलियन भन्दा बढी जनसंख्या छ ।

१ जनवरी १९६० मा स्वतन्त्र भएको क्यामरुन २० सेप्टेम्बर १९६० मा संयुक्त राष्ट्र संघमा आवद्ध भएको थियो । नेपाल र क्यामरुन दुवै असंलग्न आन्दोलन (नाम)का सदस्यहरु हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले

काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्सनले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेका छन्। बुधबार गृह मन्त्रालयमा भएको भेटमा शान्तिसुरक्षा, एमसिसीको

काठमाडौँ – सरकारले विभिन्न ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ। आज (बिहीबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले केपी शर्मा ओलीको पालामा नियुक्ति

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि चीनियाँ राजदूत छन् सोङबीच गृह मन्त्रालयमा आज शिष्टाचार भेटवार्ता भएको छ ।