"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना

प्रकाशित मिति :  23 June, 2023 11:18 am


काठमाडौं । नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकहरुको संख्या १८० पुगेको छ ।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा २२ जुन २०२३ मा आयोजित एक संक्षिप्त समारोहमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राई र संयुक्त राष्ट्रसंघका लागि क्यामरुनका स्थायी प्रतिनिधि मिशेल टोमो मोन्थोले कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा दुवै देशका प्रतिनिधिहरुले द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचार विमर्शसमेत गरेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्यामरुन २४० भन्दा बढी जनजाती र २३० भाषाको धनी क्यामरुन पश्चिम अफ्रिकी मुलुक हो । क्यामरुन देश चाड, मध्य अफ्रिकी गणतन्त्र, कंगो गणतन्त्र, ग्याबोन, इक्वेटोरियल गिनी, नाइजेरिया र दक्षिण पश्चिममा एटलान्टिक महासागरको सिमानामा पर्दछ । कूल ४ लाख ७५ हजार ४४० वर्ग किलोमिटर क्षेत्रफल रहेको क्यामरुनमा २७ मिलियन भन्दा बढी जनसंख्या छ ।

१ जनवरी १९६० मा स्वतन्त्र भएको क्यामरुन २० सेप्टेम्बर १९६० मा संयुक्त राष्ट्र संघमा आवद्ध भएको थियो । नेपाल र क्यामरुन दुवै असंलग्न आन्दोलन (नाम)का सदस्यहरु हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का नेता एवं भारतीय गृहमन्त्री अमित शाहबीच